बिहीबार २९ मे २०२५ – बेलायत । नेपाली राजदूतावास लन्डनले गणतन्त्र दिवस भब्यताको साथ मनाएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गणतन्त्र दिवसको उपलक्षमा उपस्थित भएका सम्पूर्ण महानुभावहरुलाई गणतन्त्र दिवसमा स्वागत गर्दै हार्दिक शुभकामना ब्यक्त गरेका छन्।
राजदूत घिमिरेले गणतन्त्रका लागि ज्यानको बलिदान दिने ज्ञात अज्ञात शहिदहरुप्रति चिर शान्तिको कामना गरेका छन् भने असक्त तथा घाईतेहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राजदूत घिमिरेले बेलायतवासी नेपालीहरुले नेपालको विकास गर्न के गर्न सकिन्छ तथा के गर्दा नेपालको विकासहुन्छ भन्ने कुरामा सोच्नु पर्ने समय आएको छ भनेर सुझाएका छन्।
नेपाली राजदुतावासका प्रथम सचिब बिपिन दुवादीले संचालन गरेको कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्रालयका सचिब रामेश्वर दंगाल, सहसचिब ज्ञान प्रसाद ढकाल, सैनिक सहचारी कर्नेल अनुप शाह, मेयर भिम सारु, मनोक्रान्तिका गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी, नेपाली नायिका नीति शाह, बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत प्रवुद्धवर्ग, बुद्धिजीवी, पत्रकार र व्यवसायीहरुको उपस्थिति रहेको थियो।






