डोको च्यालेन्जको दिनमा ६ गोर्खा राइफल्सका भान्जी दुची गुरुङ सार्जन्ट पदमा पदोन्नति

SHARE:

 

आइतवार १ जुन २०२५ – बेलायत। गोर्खा वेल्फर ट्रष्ट (जी डब्लु टी) द्वारा आयोजित “डोको च्यालेन्ज साउथ” बेलायतको Richard Evans Memorial Playing Fields, Roehampton Vale, London मा सफलतापुर्वक सम्पन्न भएको छ।

डोको च्यालेन्जको दिनमा डोको च्यालेन्जमा भाग लिन आएका ६ गोर्खा राइफल्सका भान्जी दुची गुरुङ कर्पोरल पददेखि सार्जन्ट पदमा पदोन्नति भएकी छिन्। उनि British Army को The Adjutant General’s Corps अन्तर्गत The Staff and Personnel Support (SPS or Clark or बाबुजी) शाखामा कार्यरत छिन्। उका पिता २११६०४२७ सार्जन्ट दुर्गा गुरुङ ६ गोर्खा राइफल्सका सदस्य हुन्।

यस वर्ष डोको च्यालेन्ज साउथमा करिब १२० जनाले भाग लिएका छन्। यस वर्ष डोको च्यालेन्जबाट २५ हजार पाउण्ड संकलन गर्ने लक्ष रहेको GWT का Executive Officer मेजर बिष्णु कुमार पुन मगरले जानकारी दिएका छन् भने डोको च्यालेन्ज नोर्थ लेष्टरमा हुने GWT का Chief Advisor क्याप्टेन निर्मल गुरुङले बताएका छन्।

डोको च्यालेन्ज साउथमा बेलायतका बिभिन्न स्थानहरुबाट बिभिन्न समुहहरुहरुको सहभागिता रहेको छ । त्यस्तै मगर संघ युकेका सचिब अनिल थापा मगरको नेतृत्वमा फार्नबोरो रनरभल्टका सदस्यहरुले पनि सहभागिता जनाएका छन्।

समरण रहोस, डोको च्यालेन्जबाट संकलित रकम नेपालमा रहेका वेल्फेर पेन्सनमा आश्रित सदस्यहरुलाई महिनाको नेपाली रुपिया २० हजार पेन्सन स्वरूप प्रदान गरिन्छ भने अन्य रकम वेल्फेर पेन्सनरहरु तथा नेपालीहरुको लागि आवास, सडक, स्कुल, पुल, खानेपानी, बिजुलीजस्ता भौतिक संरचनाहरुमा सहयोग गर्ने गर्दछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!