लन्डन ४ जून २०२५ । तमुधीं यूकेले आयोजना गरेको २३ औं गोर्खाकपमा सहभागी भएर तमुधीं नेपालका अध्यक्ष हुम गुरुङ स्वदेश फर्किएका हुन् ।
अध्यक्ष हुम बेलायतमा विभिन्न कार्यक्रम, संघसंस्था र इस्टमित्रसँगको भेटघाट र भ्रमण गरी १२ दिनपछि मंगलबार दिल्ली हुँदै नेपाल फर्किएका हुन् । अध्यक्ष गुरुङ तमु धीं यूकेको निमन्त्रणामा २२ मे २०२५ को बेलुका ७:२४ बजे यूकेको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । यहाँ रहँदा मे २५ मा २३ औं संस्करणको गोर्खाकप २०२५ मा अतिथिको रुपमा सहभागी एवम् दर्जन बढी संघ संस्थाहरु र साथीभाइ, दिदीबहिनी, इष्टमित्र आफन्तजनको विविध कार्यक्रम, स्वागत, सम्मान, भलाकुसारी गरेका थिए ।
उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट बुधबार नेपाल पुगेका छन् ।







