प्रवासी नेपाली मञ्च यूकेको १५ जूनमा अधिवेशन, एमाले महासचिव पोख्रेल प्रमुख अतिथि

SHARE:


लन्डन ४ जून २०२५ । नेकपा एमाले पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौं अधिवेशन यही जून १५ तारिखमा हुने भएको ।

बेलायतस्थित लेस्टरमा ओएनएफ यूकेको महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । उक्त महाधिवेशन उद्घाटनका लागि एमाले महासचिव शंकर पोखरेल बेलायत आउने तयारी रहेको ओनएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिए । उनका अनुसार महासचिव पोखरेललाई बेलायतमा स्वागत गर्न सम्पूर्ण तयारी भैसकेको छ ।

पोखरेल १२ जुनमा यूरोप हुँदै बेलायतमा भ्रमणमा आउनेछन् । अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् ।

एमाले महासचिव पोखरेल बेलायत रहँदा नेपाली दूतावास लन्डनद्वारा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनेछन् । त्यस्तै, नेपाल बेलायतबीचको दौत्य सम्बन्ध, नेपाल बेलायतबीचको व्यापार, लगानी, पर्यटन अभिवृद्धि कार्यक्रममा नेता पोखरेल सहभागी हुनेछन् । साथै, नेपाल र बेलायती राजनीतिक दलहरुबीच द्विपक्षीय सम्बन्ध अघि बढाउन लन्डनस्थित बेलायती सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

महासचिव पोखरेल लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिस्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट गरी पूर्वगोर्खाका आन्दोलन, गैरआवासीय नेपाली नागरिकता र अन्य सरोकारित विषयमा छलफल हुनेछन् ।

महासचिव पोखरेलले बेलायत भ्रमणमा आउनुअघि काठमाडौंस्थित बेलायती दूतावास भ्रमण गरी राजदूत रब फेनसँग भेटेका छन् । उनले दुई देशबीचको आपसी चासोको विषय र आफ्नो आसन्न बेलायत भ्रमणबारे छलफल गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!