सिरुबारीको वार्षिक भेला सम्पन्न, डेबिड गुरुङ अध्यक्षमा निर्वाचित

SHARE:

 

लन्डन। आईतबार २९ जुन २०२५ को दिनमा नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीको गाउँले भेला साउथ इष्ट लन्डन पलमस्तिड कमानमा सम्पन्न भएको छ ।

उक्त गाउले भेलाले डेबिड गुरुङलाई अध्यक्षमा, नवराज गुरुङलाई उपाध्यक्षमा र धन बहादुर गुरुङलाई सचिव पदमा चयन गरेको छ ।

सिरुबारीको क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन भएको यस भेलामा व्यस्त लण्डनको शहर छिचोल्दै विभिन्न ठाउँबाट सिरुबारी बासीहरू यस ठाउँमा जम्मा भएका थिए ।

सो भेटघाट कार्यक्रममा सिरुबारी गाउँको जगदीश गुरुङ सोँपाल समाज युकेको अध्यक्ष, डेबिड गुरुङ NRNA UK को प्रमुख संरक्षक र विजय बहादुर गुरुङ NRNA UK को ICC सदस्य भएको उपलक्षमा खुशीयाली मनाउँदै सिरुबारी गाउँद्वारा फेटा र खादा लगाईदिएर सम्मान गरेको छन् ।

गाउँले भेलामा एक अर्कासँग भलाकुसारी गर्दै घर गाउँको संस्कार र रीति थितिहरू जगेर्ना गर्न साथै परदेशमा बस्दा भावी पुस्तालाई हस्तान्तरण गर्ने विभिन्न संस्कारित कुराहरू लगायत आफ्नो पुर्खौली ठाँटथलो र त्यस भेगलाई कसरी माथि उठाउन सकिन्छ आदि कुराहरूमा वृहत छलफल भएको छ । यद्यपि व्यस्त शहर लण्डनमा आसारको १५ को दिनमा भएको यस भेलामा संख्यात्मक हिसाबले सहभागिता कम भए तापनि सबैजनाले दिलोजानले छलफलमा भाग लिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!