सनिवार २६ जुलाई २०२५ – बेलायत। राउघाट सेरोफेरो युकेको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। वार्षिक साधारण सभा तथाअधिवेशन बेलायतको अल्डरसट शहरस्थित एम्पायर हलमा सम्पन्न भएको हो।
उक्त अधिवेशनको पहिलो चरणमा आपतकालीन सम्वन्धि सूचना, आशन ग्रहण, दीप प्रज्वलन, बेलायतको राष्ट्रिय धुन र नेपालको राष्ट्रिय गीत बजाएर शुरु गरेका छन्।
दोस्रो चरणमा विधान संशोधन गरेका छन्। त्यस्तै सोहि चरणमा महासचिवको संस्थागत प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए भने उक्त प्रतिवेदनहरु ब्यापक छलफल गर्दै सर्वसम्मतद्वारा पारित भएको छ। महासचिवको संस्थागत प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन महासचिब धन बहादुर पुनले पेश गरेका थिए।
अधिवेशनमा कार्यसमितिको साधारण फेरवदल भएको छ। अध्यक्षमा मोति बहादुर तिलिजा र उपाध्यक्षमा जित बहादुर पुनलगायत अन्य कार्यसमितिहरु यथावत रहने तथा पुन: निर्वाचित भएका छन्।
त्यस्तै ६ महिना पछि महासचिब धन बहादुर पुन उपाध्यक्षमा, कोषाध्यक्ष राम तिलिजा महासचिबमा, सहकोषाध्यक्ष थम पुर्जा कोषाध्यक्षमा र सहकोषाध्यक्षमा कल बहादुर पुन निर्वाचित हुने निर्णय भएको छ भने सांस्कृतिक सचिबमा गङ्गा पुर्जा र सह सांस्कृतिक सचिबहरुमा श्री पुर्जा र चन्द्र थजाली निर्वाचित भएका छन्।
राउघाट सेरोफेरो युकेका अध्यक्ष मोति बहादुर तिलिजाले अध्यक्षता गरेको अधिवेशनमा उपाध्यक्ष जित बहादुर पुनले स्वागत मन्तब्य राखेका थिए भने महासचिब धन बहादुर पुनले संचालन गरेका थिए। वार्षिक साधारण सभा तथा अधिवेशनमा संथापक अध्यक्ष ठाकुर शेरचन र पुर्वअध्यक्ष रत्न शाहीलगायत सल्लाहकारहरु र सदस्यहरुको उपस्थिति रहेको थियो।
वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्ष तिलिजाले उपस्थित सम्पूर्ण कार्यसमिति, सल्लाहकार र सदस्यहरुलाई धन्यवाद दिएका छन्।








