सनिवार २ अगस्ट २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि लालगोपाल सुवेदीद्वारा लिखित “चेतन–प्रवाहमा सा. रे. ग. म. प” काव्यकृतिको शास्त्रार्थ जुम मार्फत सम्पन्न भएको छ ।
कार्यक्रममा स्वनामधन्य विद्वान् तथा साहित्यकारहरू नारायण अधिकारी, सर्वज्ञ वाग्ले, प्रतेक ढकाल, गीता खत्री, पदम विश्वकर्मा, महेस पौड्याल, खगेन्द्र लुइँटेल, लिला लुइँटेल, रमेश भट्टराइ, होमनाथ सुवेदी, रोहिणी शर्मा, पुरु सुवेदी, डिल्ली अम्माइ, दिपक सुवेदी, राजेश सापकोटालगायत धेरै साहित्यकारहरुले संक्षिप्त रुपमा समिक्षा गर्दै शुभकामना मन्तब्य दिएका छन्।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा संचालिन “चेतन–प्रवाहमा सा. रे. ग. म. प.” कृति-शास्त्रार्थ कार्यक्रमलाई गीता कार्कीले संचालन गरेका छन्। उक्त कार्यक्रममा विश्वभरबाट झन्डै ५ दर्जनभन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको छ।
अन्त्यमा अध्यक्ष केसीले उपस्थित सम्पूर्ण साहित्यकारहरुलाई धन्यवाद दिदै साहित्यकार तथा कवि लाल गोपाल सुवेदीलाई शुभकामना दिएका छन्।






