गैरआवासीय नेपाली संघ युकेकी पूर्वअध्यक्ष पुनम गुरुङलाई पितृशोक

SHARE:

काठमाडौं १५ अगस्ट २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी पूर्वअध्यक्ष पुनम गुरुङलाई पितृशोक परेको छ । पुनमका बुबा नेपाली सेनाका पूर्वकर्णेल, राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक मणिन्द्र गुरुङको शुक्रबार बिहान छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २००६ सालमा देहरादुनमा जन्मिएका मणिन्द्र राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक थिए ।

कर्णेल गुरुङको पार्थिक शरीर कुलेश्वरस्थित निवासमा राखिएको छ । अन्तिम संस्कार आइतबार बिहान १० बजे टेकुमा गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

२०३२ सालमा तत्कालीन शाही नेपाली सेनाको सेकेण्ड लप्टनबाट सेवा प्रारम्भ गरेका गुरुङले नेपाली सेनामा संगठित खेल विकासमा महत्वपूर्ण योगदान दिएका थिए । उनी देहरादुनमा २००६ सालमा बाबा क्या. बृत्तसिंह गुरुङ र आमा विष्णुमाया गुरुङको कोखबाट जन्मिएका हुन् । उनको पुर्ख्यौली घर भने कास्कीको तत्कालीन विजयपुर पोखरी गाविस हो । पोखराको अमरसिंहचोकमा रहेको सोल्जर्र बोर्ड भोकेशनल ट्रेनिङ हाइस्कुलबाट २०२३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!