काठमाडौं। तिहार भन्ने वित्तिकै देउसी भैलो अभिन्न रुपमा जोडिएर आउने गर्छ। तिहारमा संस्थागत रुपमा पनि देउसी खेल्ने परम्परा बनिसकेको छ।
नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले पनि तिहारको अवसरमा देउसी भैलो खेलेको छ। नेविसंघ केन्द्रीय समितिका तर्फबाट देउसी भैलो खेलिएको छ।

नेविसंघका क्याम्पसस्तरका इकाइहरुले पनि देउसी खेलेका छन्। नेविसंघ शंकरदेव क्याम्पस इकाइले पनि काठमाडौंको विभिन्न ठाउँमा देउसी भैलो खेलेको छ।
शंकरदेउका नेविसंघका नेता कार्यकर्ताहरुले प्रदेश नं ३ का प्रमुख तथा माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको निवासमा पनि देउसी खेलेका छन्। उनीहरुले कांग्रेस पार्टी सभापति शेर बहादुर देउवा सहितका कांग्रेसका नेताहरुकहाँ पनि देउसी खेलेका थिए।
देउसी खेल्न नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदी, विद्यार्थी नेता दुजाङ शेर्पा लगायत पुगेका थिए। नेविसंघ शंकरदेव इकाइले आयोजना गरेको देउसी भैलोको दिपक ओझाले समन्वय गरेका थिए।
नेविसंघको देउसीमा माइती नेपालमा आश्रित रहेका बालकालिकाहरु पनि सहभागि भएका थिए।
नेविसंघ केन्द्रीय समितिका तर्फबाट खेलिएको देउसी पार्टी सभापति शेर बहादुर देउवा सहितका पार्टीका नेता तथा अन्य शुभेच्छुकहरुकहाँ खेलिएको अध्यक्ष नैनसिंह महरले जानकारी दिए।






