लन्डन । बेलायतमा आज निरा थापा मगर सांगीतिक साँझ २०२६ घन्किँदैछ ।
मगर संघ यूकेकी पूर्वउपाध्यक्ष तथा समाजसेवी अनिता राना मगर, उपाध्यक्ष तथा मगर महिला संघ यूकेकी अध्यक्ष विष्णु श्रीस मगर, गंगा गाहा मगर, मनु पाइजा मगर र तिल थापा मगरको आयोजनामा स्विन्डनस्थित ‘द रनर, वुटन बासेट आरडी’मा सांगीतिक साँझ हुन लागेको हो । कार्यक्रममा गायिका निराले लोकप्रिय सांगीतिक प्रस्तुतिहरू दिनेछिन् ।
कार्यक्रम स्थानीय समय अनुसार साँझ ६ बजेदेखि सुरु हुने मगर संघ यूकेकी पूर्वउपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता राना मगरले जानकारी दिएकी छन् ।
कार्यक्रममा उपस्थित हुन गायिका निरा थापा मगरले पनि गीत संगीत, कला र संस्कृति प्रेमीहरु आग्रह गरेकी छन् ।






