१० अर्ब पुँजीको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने [२५ निर्णयसहित]

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब पुँजीको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनका लागि आवश्यक नियम व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

काठमाडौं १८ मार्चदेखि २० सम्म चलेको एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपाल सरकार तथा गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको उक्त फन्ड तत्काल सञ्चालनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । उक्त फन्डमार्पत गैरआवासीय नेपालीहरुको पुँजी परिचालन गर्न एनआरएनएअन्तर्गतका ६ वटा अमेरिकाज, एसिया, ओसेनिया, मध्यपूर्व/मलेसिया, अफ्रिका र युरोप क्रमिक रुपमा रोड शो कार्यक्रम आयोजना गरी लगानीकर्ता आकर्षित गर्ने निर्णय भएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तै बैठकले आगामी संसद् अधिवेशनबाट गैरआवासीय नेपाली सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पारित गरी हाल नेपाल सरकारले जारी गरेको गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा उनीहरुको सम्पत्तिको सुरक्षा सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउने, संविधान संशोधन गरी वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न निरन्तर पहल गर्ने, नेपालको आम निर्वाचनमा विदेशबाट मतदान सञ्चालन गर्न आवश्यक व्यवस्थापन र तयारी सुनिश्चित गर्न तथा यसको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गराउने, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग मन्त्रीस्तरीय वार्ताका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनेलगायत २५ निर्णय गरिएको छ ।

हेरौं विस्तृत निर्णय :

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!