द्वन्द्वपीडितलाई न्याय देउ

SHARE:

विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बितिसकेको छ । यो अवधिमा धेरै राजनीतिक परिवर्तन पनि भइसकेका छन् । राजनीतिक रुपमा धेरै प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । द्वन्द्वरत पक्षका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । देशले नयाँ संविधान पनि प्राप्त गरिसकेको छ । संविधान कार्यान्वयनको सिलसिलामा छ अहिले । तर यो सबै परिवर्तनका नाममा आफ्नो बलिदानी दिने, अंगभंग हुने र उनका आश्रित परिवारको भने अझै पनि बिचल्ली छ ।

राजनीतिक परिवर्तनका लागि जसले योगदान दियो, उनीहरुको सम्मानका लागि पनि द्वन्द्वपीडितलाई न्याय दिनसक्नु पर्दन्थ्यो । उनीहरुमाथि भइरहेको अन्याय फेरि पनि टुलुटुलु हेर्छन्, कुर्सी फेर्छन् । उनीहरुको बेदना सुन्नेसम्म काम नहुँदा उनीहरुमा आक्रोस आउनु अस्वभाविक होइन । केही दिनअघि मात्र जनयुद्ध लडेका लडाकुले गृहमन्त्रीकै सामु विष सेवन गरेको घटनालाई पनि एउटा गम्भीर प्रश्नको रुपमा लिन सकिन्छ ।

सत्तामा पुगेपछि विगतलाई बिर्सनेहरुका लागि लडाकूले विष सेवन गर्नु चानचुने प्रश्न कदापि होइन । यो प्रश्नले अहिले पनि द्वन्द्वपीडितको समस्या समाधान हुन सकेको छैन भन्ने कुराको प्रष्ट हुन्छ । अझ द्वन्द्वरत पक्षको सम्मानमा सम्बोधन पनि भएको छैन । उनीहरु देश र जनताका लागि भनेर दिलोज्यान लगाएर लडे । बलिदानी दिन तयार भए । कतिपयले त सहादत प्राप्त गरे । कतिपय बाँचेर पनि भोग, रोग र अभावमा अहिले पनि मरिरहेका छन् ।

देश र जनताका लागि परिवर्तन ल्याए । परिवर्तनले नेताहरुलाई शक्ति र सत्तामा पुर्याए । शक्ति र सत्ताको स्वाद पाएपछि आफ्ना लागि, देश र जनताको लागि लड्ने कार्यकर्ताहरुलाई बिर्सिए । उनीहरुको समवेदनामाथि कुठाराघात गरे । जसका कारण अहिले द्वन्द्वका घाउमाथि नुनचुक छर्ने काम भइरहेको छ । यो पक्षले सबैलाई फेरि पनि द्वन्द्वकालीन घटना जुनसुकै व्यूँतिनसक्ने खतरा देखाएको छ । सचेत गराएको छ ।

अहिले तिनै द्वन्द्वरत पक्षका एक तत्कालीन माओवादी नेकपामा एकता हुँदै शक्तिशाली सत्ताको बागडोर सम्हालिरहेका छन् । कतिपय मन्त्री छन् । प्रचण्ड स्वयम पार्टीको अध्यक्ष छन् । अहिले यो इतिहासमै शक्तिशाली सरकार चलिरहेको छ । यो सत्ता र शक्तिको आडमा द्वन्द्वकालीन समस्या समाधान गर्न चाहँदा कुनै समस्या छैन । दुई तिहाईले पारित गर्दै अघि बढ्दा कसैले रोक्न, छेक्न सक्ने स्थिति रहँदैन । त्यसैले प्रचण्ड र केपी ओलीहरुले यही मौकामा द्वन्द्वपीडितको समस्या सुन्ने र कार्यान्वयन गर्नेतर्फ ध्यान दिन जरुरी छ । अहिले पनि यो समस्या समाधान गर्न सकेन भने इतिहासमा यस्तो मौका आउने छैन । त्यसैले ओली र प्रचण्डहरु गम्भीर बन्न जरुरी छ । यो समस्या समाधानका लागि असावधानी अपनाइयो भने जुनसुकै मौकामा फेरि द्वन्द्व व्यूँतिने छ । त्यसतर्फ गम्भीर भएर काम गर्न जरुरी भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!