कराते खेलाडी एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

SHARE:

काठमाडौं । तमु धीं युकेले राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई गुडविल एम्बासडर बनाएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमबीच तमु धीं यूकेले एरिकालाई आफ्नो संस्थाको गुडविल एम्बासडरका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा तमु धीं युकेबाट उपाध्यक्ष कमल गुरुङ र एरिकाले हस्ताक्षर गरे । दुई पक्षबीच नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, राष्ट्रिय कराते टिमका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलगायतको रोहवरमा सम्झौता भएको हो ।

एरिकालाई तमु धीं यूकेको रजत महोत्सवमा ‘तमु प्रतिभा पुरस्कार-२०२४’ बाट समेत सम्मानित गरिसकेको छ ।

धादिङकी २२ वर्षीया एरिकालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोसाक तमु धीं यूकेले उपलब्ध गराउने छ। उनले प्रतियोगिताहरूमा सोही पोसाक प्रयोग गर्नुपर्नेछ । उपलब्ध गराइने खेल पोसाकमा प्रायोजकको लोगो राखिने स्थानमा प्रथम पक्षको लोगो अनिवार्य रूपमा राखिने, प्रतिवर्ष दुई जोर ट्र्याकसुट उपलब्ध गराउनेछ र उक्त पोसाकमा प्रथम पक्षको लोगो अनिवार्य रूपमा अंकित हुनु पर्ने, विश्व कराते महासंघ (WKF) तथा एसियन कराते महासंघ (AKF) द्वारा आयोजना गरिएका अधिकतम् चार आधिकारिक प्रतियोगिता तथा विश्वस्तरीय प्रतियोगिताहरू जस्तै यूएस ओपन, अस्ट्रेलियन ओपन, रसियन ओपन, थाइल्यान्ड ओपनमध्ये कुनै एक प्रतियोगितामा सहभागिता जनाउँदा लाग्ने हवाई टिकट खर्च तमु धीं युकेले ब्यहोर्ने छ । साथै प्रत्येक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउनेलगायत सम्झौता पत्रमा उल्लेख छ ।

डब्लुकेएफ वरीयतामा नम्बर एक बनाउन तमु धीं युकेले सहयोग गरिराख्ने उपाध्यक्ष गुरुङले बताए । खेलाडी एरिकाले आफूले सक्दो मिहिनेत गरेर नम्बर वान वरीयतामा रहने प्रतिबद्धता जनाइन् ।

सम्झौता पत्र

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!