लन्डन २७ मार्च२०२६। बेलायतमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित ४ अप्रिलमा याक्वा तङ्नाम मनाइँदैछ ।
सेवारो कलाकार संघ यूकेको आयोजनामा रिचमन्ड रोडस्थित टीएनजीसी हल ग्रेजमा याक्वा तङ्नाम मनाउन लागिएको हो । लिम्बु समुदायका विभिन्न चाडपर्वहरुमध्ये याक्वा तङ्नाम एक विशेष चाड मनिन्छ, जुन पर्व विगत केही वर्षदेखि निरन्तर वार्षिकरुपमा सेवारो कलाकार संघ यूकेले पनि बेलायतमा मनाउँदै आएको छ ।
कार्यक्रमको मुख्य आकर्षक अर्गानिक कोदोको जाड, लिम्बु परम्परानुसारको स्वादिष्ट भोजनसहित सेवारो कलाकार संघ यूकेका स्थानीय कलाकारहरु राजन नेम्बाङ, महासचिव माक्सती ओख्रबु, भक्ती आङ्देम्बे, भगवती थलङ, सांस्कृतिक कोओर्डिनेटर दिलु पङ्धाक मादेन, युवराज इस्बोलगायतले केलाङ,हाक्पारे साम्लो, ख्याली, तुहा, ताम्के, यालाङ, पालाम, केसामी साम्लो र लोकप्रिय नेपाली गीतहरु प्रस्तुत गर्ने अध्यक्ष इन्दु पङ्धाक इस्बो लिम्बुले एभेरेस्ट टाइम्सलाई जानकारी दिइन् ।







