नेपाली नयाँ वर्ष उत्सवलाई सफल बनाइदिन जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोको आग्रह

SHARE:

लन्डन २८ मार्च २०२६ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लीला सेलिङ माबोले नेपाली नयाँ वर्षलाई सफल बनाइदिन आग्रह गरेकी छन् ।

सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष माबोले संस्थाले आगामी १२ अप्रिलमा २०८३ को नेपाली नयाँ वर्षलाई उत्सवका साथ मनाउन लागिएको जनाउँदै सफल बनाउन बेलायतवासी नेपालीलाई आग्रह गरेकी हुन् ।

‘आगामी १२ अप्रिल २०२६ आइतबार साँझ ४ देखि राति १० बजेसम्म ग्रेटर रश्मुर नेपाली कम्युनिटी २०८३ को नेपाली नयाँ वर्षलाई हामीले उत्सवका साथ मनाउन गइरहेका छौं । त्यो कार्यक्रमलाई सफल बनाइदिनुहुन संघ संस्था, कमिटी मेम्बर्स, एडभाइजर्स, टस्टीदेखि सबैलाई चुले निम्तो दिन चाहन्छु । यहाँहरु उपस्थित भइदिनुहोला,’ अध्यक्ष माबोले भनिन्, ‘टिकट एक व्यक्तिबराबर २५ पाउन्ड छ । सिनियर सिटिजन्सका लागि २० पाउन्ड छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि १२ पाउन्ड छ । अनि ५० पाउन्ड प्रायोजन गरेमा एउटा टिकेट फ्रि टिकट छ । एक सय पाउन्ड स्पोन्सरका लागि २ वटा टिकट फ्रि छ ।’

अध्यक्ष माबोले जीआरएनसीले यस पटक नयाँ वर्ष स्थानीय मौलिक कला–संस्कृतिको प्रवर्द्धन गर्न तथा स्थानीय व्यापारीहरूलाई एउटै मञ्चमा ल्याई मनाउन लागिरहेको बताइन् । उनले भनिन्, ‘सहयोग गर्न इच्छा गर्नुहुन्छ । टिकट लिन, स्पोन्सर गर्न चाहेमा कार्यक्रम कोअर्डिनेटर तथा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, एसिस्टेन्ट कोअर्डिनेटर तथा उपाध्यक्ष डा विशाल गुरुङ हुनुहुन्छ । उहाँहरुलाई सम्पर्क गर्नुहोला । कला कल्चरको निम्ति कल्चर कोअर्डिनेटर दिनेश गुरुङलाई र कौडा घाटु साकेला च्याब्रुङका निम्ति एथेन्टिक कल्चर कोअर्डिनेटर वीर बलाल र बिजनेसका लागि बिजनेस कोअर्डिनेटर दिलरास गुरुङ सम्पर्क गर्नुहोला ।’

कार्यक्रमका लागि ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी)को निम्तोमा नेपालबाट रेश्मा तामाङलगायत कलाकारहरु पनि आउने क्रममा रहेको उनले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!