बढ्दो घुमफिर संस्कृति

SHARE:

पहिला पहिला पर्यटक भनेपछि विदेशबाट आएकालाई मात्र ठानिन्थ्यो । अझ खैरो कपाल भएका गोराहरु मात्र पर्यटक हुन् भन्ने आम बुझाई थियो । तर, अहिले त्यो परिभाषा बदलिएको छ । त्यो बुझाई फेरिएको छ । अहिले पर्यटक भन्नासाथ न त खैरो कपाल, न त गोरा अनुहार । आफ्नै नेपाल भाषी, आफ्नै नेपाली अनुहार । हो, अहिले पर्यटकको परिचय परिवर्तन भएको छ । फेरिएको छ ।

पछिल्लो समय नेपालीहरु पनि घुमफिरमा रमाउन थालेका छन् । रमाइलो गर्न थालेका छन् । त्यसैले त अचेल खैरो कपाल र गोरो अनुहार भएका पर्यटकभन्दा आफ्नै देशका, आफ्नै भेषका पर्यटकहरुलाई स्वागत गर्नका लागि पर्यटकीय गन्तव्यका व्यवसायीहरु आतुर देखिन्छन् । कतिपय पर्यटकीय स्थलमा त भ्याइ नभ्याइकै स्थिति छ ।

स्थानीय पर्यटकीय गन्तव्य बन्ने सम्भावना भएका नयाँ स्थानहरुको पनि उत्तिकै प्रवद्र्धन गर्न स्थानीय स्वयम लागिरहेका छन् । पर्यटकहरुले मन पराउने खाना, स्थानीय संस्कार र संस्कृतिको पनि उत्तिकै प्रवद्र्धनमा स्थानीय समुदाय जुटेका छन् । जसका कारण पनि पर्यटन क्षेत्र अहिले व्यापक बनेको छ ।

नेपालीहरु काम विशेषले मात्र एक ठाउँबाट अर्को ठाउँ पुग्थे । भेटघाट गर्थे, फर्कन्थे । अचेल घुम्नैका लागि पूर्वका मानिस पश्चिम पुग्छन्, पश्चिमका मानिस पूर्व पुग्छन् । तराईका मानिस हिमाल पुग्छन्, हिमालका मानिस तराई पुग्छन् । यो आन्तरिक पर्यटकको प्रवद्र्धनको उत्तम नमुना बन्दै आएको छ । यसले पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको मान्न सकिन्छ ।

पछिल्लो समयमा सरकारले पनि पर्यटन क्षेत्रको समग्र विकासका लागि साथ सहयोग गर्ने बताइसकेको छ । पर्यटकीय क्षेत्रको गन्तव्य स्थापित गर्ने सवाल होस वा पर्यटनसँग सम्वन्धी नीति नियमहरु तर्जुमा गर्ने सवाल, सबै कुरामा सरकारले सहजीकरण गर्ने बताइरहेको छ । यो वर्षका लागि एक सय पर्यटकीय गन्तव्य पहिचान गरेर काम पनि अघि बढाइसकेको छ । नेपाल सबै खालको पर्यटकीय गन्तव्य भएको स्थान हो । नेपालमा केवल समुन्द्र बाहेक सबै किसिमको पर्यटकीय गन्तव्य रहेको स्पष्ट छ । धार्मिक पर्यटन होस वा पर्वतीय पर्यटन । सबै खालका पर्यटन क्षेत्र रहेकाले पनि पर्यटकहरुलाई भरपूर मनोरञ्जन दिने स्थानहरु नेपालमा छन् । कपितय स्थानको प्रवद्र्धन हुन नसकेको हुनसक्छ । त्यस्ता स्थानहरुको पहिचान गर्दै अघि बढ्नु नै बुद्धिमानी हुन्छ ।

एक ठाउँबाट अर्को ठाउँ घुमफिर गर्दाका फाइदाहरु बुझाउन सक्नुपर्छ । खर्च मात्र नभएर घुमफिर गर्दा स्वास्थ्यमा हुने फाइदाका बारेमा बोध गराउन सक्नुपर्छ । आफ्नो देशमा रहेको अपार सम्भावनाबारे नेपालीहरुले नै घुमफिरका माध्यमबाट थाहा पाउन सक्छ । त्यसैले नेपालीहरुमा व्यापक घुमफिरको संस्कार विकास गर्नु आवश्यक छ । घुम्न जाने भनेपछि विदेश मात्र होइन, आफ्नो देश घुमौं, आफ्नो देशको माटो चिनौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!