लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को यही १९ अप्रिलमा शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक र कलाकारहरुलाई स्वागत कार्यक्रम हुने भएको छ ।
२५ अप्रिलमा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ को अन्तिम तयारी बैठक बस्न लागेको हो । ‘पहिलो त्रैमासिक बैठक, आउँदै गरेको शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक साथै नेपालदेखि पाल्नुहुने कलाकारहरुलाई स्वागत कार्यक्रम निम्न स्थान र समयमा हुने यहाँहरुसमक्ष जानकारी गराउँदै हजुरहरुको गरिमामय उपस्थिति जनाई कार्यक्रमको शोभा बढाई दिन हुन अध्यक्षज्यूलगायत मोना यूके परिवार विनम्रताको साथ हार्दिक अनुरोध गर्दछ,’ मोनाले जारी गरेको सूचनामा उल्लेख छ ।
बैठक तथा कार्यक्रम अल्डरसटस्थित ठमेल दोहोरी तथा ढिडो घरमा आइतबार १९ अप्रिलका दिन मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
शुभकामना साँझका लागि यस वर्ष चर्चित कलाकार गोविन पुन, शारिस्मा राम्जाली, ललिता पुन र निरुता पुनलाई निम्त्याइएको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले एभरेस्ट टाईम्सलाई बताए । शुभकामना साँझ कार्यक्रम फार्नबरोस्थित द स्यामुएल कोडी स्पोर्ट्स कलेज, बालान्टाइन रोडमा हुनेछ ।
लन्डन । मोना यूकेले यही अप्रिल २५ मा हुने शुभकामना साँझमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।
विगतका वर्षहरुमा झैं आर्मी अथवा सिभिल सेक्टरमा प्रमोसन लिएका, डाक्टर र नर्स भएका म्याग्देली साथै छोराछोरीहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम हुने भएको हो । यदि समाजबाट सम्मान गर्नुपर्ने व्यक्तित्वहरु छन् भने monauknews@gmail अथवा मोबाईल ०७४००५१५१४१ मा मेसेजबाट जानकारी गराउन सम्पूर्ण गाउँपालिका तथा समाजका अध्यक्षहरुलाई आग्रह गरिएको छ । जानकारी दिँदा नाम, विषय र कलेज र युनिभर्सिटीको नाम पनि दिन अध्यक्षलगायत मोना युके परिवारमा अनुरोध गरिएको महासचिव मन्दिप जुग्जालीले जनाए ।
नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। टिकट खरिदका लागि क्यूआर कोडमार्फत व्यवस्था गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन अध्यक्ष पदम गर्बुजा, संयोजक वरिष्ठ उपाध्यक्ष लालु पुन तथा सांस्कृतिक सचिव नुनु पाइजालगायत सक्रिय रुपमा लागेका छन् ।
विदेशमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जुटाई आपसी सद्भाव, सांस्कृतिक पहिचान र मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।






