स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा घुम्ती विशिर सञ्चालन गर्दै नेपाली दूतावास लन्डन [सूचनासहित]

SHARE:

लन्डन । नेपाली राजदूतावास लन्डनले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ स्कटल्याण्ड र नेपाली समाज प्रेस्टनको समन्वयमा आगामी ३ र ४ मे २०२६ मा शिविर सञ्चालन गरिन लागेको हो । शिविर प्रेस्टन र आसपासका क्षेत्रहरू जस्तै म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टनमा बसोबास गर्ने सेवाग्राहीहरूका लागि लक्षित गरिएको शिविर ३ मे दिउँसो १ देखि ५ बजेसम्म हुनेछ । उक्त क्षेत्रका लागि हरिकृष्ण कार्की स्थानीय सम्पर्क व्यक्ति तोकिएका छन् ।

त्यसैगरी स्कटल्याण्डमा ४ मे बिहान ११ देखि ४ बजेसम्म शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ । उक्त क्षेत्रमा सेवा लिन चाहनेहरूका लागि शेरबहादुर केसी, सागर भण्डारी, काशीराम भण्डारी, माधव भण्डारी, पदम खरेल र हरि खत्री स्थानीय सम्पर्क व्यक्तिका रूपमा उपलब्ध हुनेछन् ।

घुम्ती शिविरहरूमार्फत राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता सेवा प्रदान गरिनेछ । यस शिविरमा मे २०२७ सम्म म्याद भएका राहदानीको नवीकरण पनि गर्न सकिने छ ।

विद्युतीय राहदानी नवीकरणका लागि अनलाइन फाराम, सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, पुरानो राहदानी र अन्य आवश्यक सहायक कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। ३४ पृष्ठ भएको राहदानी नवीकरणका लागि एक सय १० पाउण्ड, राहदानी हराएको अवस्थामा दुई सय २० पाउण्ड र १० वर्ष मुनिका नाबालकको हकमा ५५ पाउण्ड शुल्क निर्धारण गरिएको छ ।

अधिकृत वारेसनामाका लागि सेवाको प्रकृति हेरी ५ देखि ३५ पाउण्ड र कागजात प्रमाणीकरणका लागि ४० पाउण्ड शुल्क लाग्नेछ ।

विस्तृतमा : यहाँ क्लिक गर्नुस्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!