लन्डनका समाजसेवी डेभिड गुरुङले गरे नेपालका अटिस्टिक बालबालिकाका लागि सहयोग

SHARE:

लन्डन । एनआरएनए यूके प्रमुख संरक्षक एवं विभिन्न संघसंस्थाका सल्लाहकार समाजसेवी डेभिड गुरुङले नेपालका अटिस्टिक बालबालिकाका लागि सहयोग गरेका छन् ।

नेपलिज वुमन एसोसिएसन यूकेले नेपालका अटिस्टिक बालबालिकाको सहयोगार्थ शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासमा गरेको एक च्यारिटी डिनर कार्यक्रममा पुगेर गुरुङले ३० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । गुरुङले नेपालमा अटिजम भएका बालबालिकाको सहयोगका लागि एसोसिएसनले गरेको कार्य सराहनीय भएको भन्दै चन्दा प्रदान गरेको बताए ।

नेपालमा अटिजमबारे थप जनचेतना आवश्यक रहेको र अटिस्टिक व्यक्तिहरुलाई घरपरिवार र समाजबाट समेत उचित रेखदेख र माया आवश्यक रहेको गुरुङले औंल्याए ।

गुरुङले यसअघि पनि नेपाल तथा बेलायतका विभिन्न च्यारिटी संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!