जीआरएनसी यूकेकी अध्यक्ष माबोद्वारा पूर्वगोर्खा कुवेर सिङ नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण

SHARE:

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी पहिलो महिला अध्यक्ष लिला सेलिङ माबोले पूर्वगोर्खा कुवेर सिङ नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

अध्यक्ष माबो पूर्वब्रिटिस आर्मी स्टाफ सार्जेन्ट कुवेरसिङको आसफोर्डस्थित निवास पुगेर शुक्रबार दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी हुन् । उनले कुवेर सिङको तस्बिरमा फूल र खादासमेत चढाएकी थिइन् ।

उनले शोकसन्तप्त सम्पूर्ण नेम्वाङ परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

बिगेसो साउथ वेस्ट शाखा अध्यक्ष खड्गजङ आङ्बुहाङ, किरात याक्थुङ चुम्लुङ ग्रेटर रस्मोर शाखा अध्यक्ष थानकुमान नाल्बोको टिमले पनि कुवेरसिङ नेम्वाङका जेठा छोरा नगेन्द्रराज नेम्वाङलाई श्रद्धाञ्जली पत्र अर्पण गर्दै समवेदना व्यक्त गरेका थिए ।

यसैगरी किरात याक्थुङ चुम्लुङ वेन्सा चुम्भो अध्यक्ष हाङ्मा लावतीलगायत कार्यसमिति पनि शुक्रबार कुवेरसिङ नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारलाई समवेदना दिन नेम्बाङ निवास पुगेका थिए ।

याक्थुङ कल्चरल हेरिटेज अध्यक्ष गणेश इजमलगायत कार्यसमितिले पनि समवेदना प्रकट गरेको छ ।

यसैगरी मनोक्रान्ति टिम यूकेका टोली पितृशोकमा रहेका समाजसेवी तथा पाँचथर समाज सेवा यूकेका अध्यक्ष एवं मनोक्रान्ति लिडर नगेन्द्र नेम्बाङको निवास फार्नबोरोमा शुक्रबार साँझ पुगेर समवेदना प्रकट गरेको छ ।

 

पूर्वगोर्खा कुवेरसिङको २०८३ जेठ २१ मा बेलायतको केन्टस्थित विलियम हार्भे अस्पतालमा निधन भएको हो । उनको अन्त्येष्टिका लागि नेपाल लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल लैजानुअघि १७ जुनमा आसफोर्ड केन्टस्थित सेन्ट सिमोन्स चर्च ब्रुकफिल्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने समेत जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!