राजकुमारी क्याथरिनद्वारा ‘थ्री पिक्स च्यालेन्ज’ पूरा

SHARE:

लन्डन। संयुक्त अधिराज्य (बेलायत) की राजकुमारी क्याथरिनले बेलायतका तीनवटा सबैभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्दै कठिन मानिने ‘थ्री पिक्स च्यालेन्ज” पूरा गरेकी छिन्। यो च्यालेन्ज अन्तर्गत २४ घण्टाभित्र इङ्गल्याण्ड, वेल्स र स्कटल्याण्डका सर्वोच्च शिखरहरू आरोहण गर्नुपर्ने हुन्छ।

राजकुमारी क्याथरिनले क्यान्सर पीडितहरूको सहयोगार्थ सञ्चालित परोपकारी संस्थाका लागि आर्थिक कोष जुटाउने उद्देश्यले यो साहसिक यात्रा गरेकी हुन्।

संकलित आर्थिक सहयोग बेलायतको कुन क्यान्सर अस्पताललाई प्रदान गर्ने भन्ने विषयमा बीबीसी समाचारको साप्ताहिक हाजिरी जवाफ मार्फत सर्वसाधारणको मत संकलन भइरहेको छ। उक्त ‘क्विज’ मा बेलायतका प्रख्यात तीन अस्पतालहरूलाई विकल्पका रूपमा राखिएको छ:

सेन्ट गायस अस्पताल (St Thomas’ and Guy’s Hospital)
रोयल मार्सडेन अस्पताल (The Royal Marsden Hospital)
द क्रिस्टी अस्पताल (The Christie Hospital)

यस प्रतिस्पर्धात्मक मतदानमा जनताले जुन अस्पतालको पक्षमा सबैभन्दा बढी भोट दिनेछन्, राजकुमारीद्वारा संकलित परोपकारी रकम सोही अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!