शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु

SHARE:

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालले निरन्तर रुपमा अथक प्रयास गरे पनि बिहान ११:१९ बजे नेपालीको निधन भएको जानकारी दिए ।

सरकारले जलनबाट घाइते नेपालीको उपचारमा विशेष चासो राखेपछि संयोजक डा दाहालको नेतृत्वमा प्लास्टिक विभाग, क्रिटिकल केयर, एनेस्थेसिया र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सकीय टोली खटिएको थियो ।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ५५ प्रतिशत भाग जलेको नेपालीको स्वास्थ्यावस्था गम्भीर रहेको जानकारी दिँदै विशेष टोलीको व्यवस्थासहित ज्यान जोगाउन अथक प्रयास गरे पनि सम्भव नभएको बताएको थियो ।

नेपाल सरकारले थप उपचारका लागि एयर एम्बुलेन्सको व्यवस्थासहित भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल सघन उपचार कक्षबाट निकाल्न नहुने सुझाव दिएपछि नयाँदिल्लीस्थित एम्स अस्पताल लैजान नसकिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!