नुवाकोट मिनीट्रक दुर्घटनाका मृतात्माको चीर शान्तिकाे कामनासहित दीप प्रज्ज्वलन [हेरौं, १८ तस्बिरहरु]

SHARE:

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा बुधबार काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ । शेरा स्वास्थ्य शिक्षा प्रतिष्ठान र दोन डुप प्रतिष्ठान नुवाकोटको आयोजनामा धुम्बाराही, शंखपार्कमा मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित दीप प्रज्ज्वलन गरिएको हो । घ्याङडाँडामा गत मंसिर २८ गते मिनीट्रक दुर्घटना हुँदा १९ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा गरी जम्मा २२ मृत्यु भएको थियो । दुर्घटनामा दर्जन बढी घाइते भएका थिए ।

घाइतेहरुको काठमाडौंको टिचिङ लगायत अस्पतालमा उपचार भइरहेको छ । सोही गाउँपालिकाको सिम्टाङका एक स्थानीयको घ्यावा (काजक्रिया) मा सहभागी भएकाहरु सवार बा३ख ३९१३ नम्बरको मिनीट्रक सिसिपुतर्फ जाँदै गर्दा तादी खोलामा खसेको थियो । कार्यक्रममा नेकपा ३ नम्बर प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ,क्षेत्र नम्बर २का सांसद नारायण खतिवडा, प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशसभा सदस्यहरु केशव पाण्डे, बद्री मैनाली, जनप्रतिनिधि, मृतकका आफन्त, सर्वसाधारणलगायतको उपस्थिति थियो ।

कार्यक्रम सञ्चालक एवं दोन डुप प्रतिष्ठान नुवाकोटका अध्यक्ष डीबी तामाङले उक्त घटनाका पीडितका लागि भन्दै संस्थाको तर्फबाट ५० हजार रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

 

तस्बिरहरु : रेजिना तामाङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!