एटा संवाददाता
अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले खरीद गर्न लागेको भवनको चाबी बिहीबार पाउने भएको छ । ३ लाख पाउन्ड मूल्यमा खरीद गरिन लागिएको भवनको सम्पूर्ण खरीद प्रक्रिया पूरा भइसकेको छ । सेन्टरका अध्यक्ष रोहित गुरुङका अनुसार सो भवनको बाँकी रकम आउने बुधबार भुक्तानी दिइने र बिहीबार नै चाबी पाउने छ । साथै, उनले कम्युनिटी कम्युनिटी सेन्टरले १०÷११ वर्षदेखि बनाइएको भवन खरीद गर्ने योजना अहिले पूरा भएको जनाए ।
सो भवन खरीदमा विभिन्न व्यक्ति र संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । भवन खरीदमा सहयोग गर्ने चन्ददाताहरुलाई छिट्टै अभिनन्दन गरिने योजना रहेको अध्यक्ष गुरुङले जनाए ।
पछिल्लो समय बेलायतमा नेपालीहरुको सख्यामा वृद्धि हँुदै आएपछि नेपाली संघसंस्थाहरुले सामुदायिक भवन खरीद गर्नेक्रम बढ्दै आएको छ । सोही क्रममा बेलायतमा रहेका नेपालीहरुको सक्रियतामा अल्डरसटको क्विन्स एभिन्यूस्थित सो भवन खरीद गर्ने प्रस्ताव पारित भएको थियो । सो कम्युनिटी भवनबाट नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन हुने धेरैको विश्वास छ ।
भवनमा शिव मन्दिर र पाञ्चायनको स्थापना गरिने छ । त्यस्तै, पूजा, योगा, नेपाली कक्षा, विवाह, व्रतबन्ध, रुद्रम, मोटिभेसलन कक्षा र धार्मिक अनुष्ठानलगायत कार्य हुने कम्युनिटी सेन्टरका अध्यक्षले जानकारी दिए ।






