काठमाडौं । टोखामा सञ्चालित न्यू मालश्री इंलिस स्कुलले छैटौं अभिभावक दिवस मनाएको छ ।
सरस्वती पूजाको पूर्वसन्ध्यामा शनिबार विद्यालयको प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित अभिभावक दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा नर्सरी, कक्षा एकका विद्यार्थीले विभिन्न सांस्कृतिक कला प्रस्तुति दिएका थिए ।
अभिभावकको उल्लेख उपस्थिति रहेको कार्यक्रमको सभापतित्व सञ्चालक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश पाण्डेले गरेका थिए । अध्यक्ष पाण्डेले नयाँ शैक्षिक सत्र २०७६ देखि विद्यालयलाई विशेष ढंगले सञ्चालन गर्नका लागि भन्दै कार्ययोजना प्रस्तुत गरे ।
आइतबार पनि विद्यालयमा सरस्वती पूजा तथा अक्षराम्भको कार्यक्रम रहेको छ ।






