तमुधिं युकेको क्होला सोंथर अध्ययन भ्रमण टोलीलाई जिफानको स्वागत

SHARE:

हुम तमु

पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)ले तमु जातिको ऐतिहासिक थलो क्होला सोंथर अध्ययन भ्रमण सम्पन्न गरेको तमुधिं युकेको टोलीलाई स्वागत सम्मान गरेको छ ।

सबैको मनभित्र गुरुङ चलचित्र नाराका साथ क्रियाशील जिफानद्वारा आयोजित स्वागत सम्मान कार्यक्रममा अध्यक्ष गिरीप्रसाद गुरुङले तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, अध्ययन भ्रमणका संयोजक गीतकार संगीतकार, लेखक तथा तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङ, आमा अध्यक्ष प्रेमा गुरुङलगायत भ्रमण समूहलाई खादा लगाएर स्वागत सम्मान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले तमु जातिको सांस्कृतिक, परम्परागत, मौलिकता, भाषा, संस्कृति गीत, संगीत एवं चलचित्रमार्फत् संरक्षण तथा प्रवद्र्धनका लागि क्रियाशील जिफान र तमुधिं युकेको नङ र मासुको सम्बन्ध रहेको बताए । तमुधिं युकेले युकेमा रहेर र जिफानले नेपालबाट तमु समुदायको समृद्धि मात्रै नभएर नेपालको राष्ट्रियता समृद्ध बनाउन जुटेको उनको दाबी थियो । तमु कलकारहरुलाई प्रोत्साहन गर्न ल्होछारको अवसरमा वर्षेनी तमुधिं युकेले एक एक जनालाई युकेमा आमन्त्रण गर्दै आइरहेको छ अब युकेमा जिफानको शाखा स्थापना गरी कलाकारहरुरुलाई थप अवसर प्रदान गर्न पहल गर्ने बताए ।
जिफानको सल्लाहकारका मनोनयन भएका क्होला भ्रमण टोलीको संयोजक, तमुधिं युकेको सल्लाहकार, गीतकार संगीतकार, चलचित्र निर्माता एकेन्द्र गुरुङले आपूmलाई गर्विलो संस्था जिफानको सल्लाहकारमा मनोनयन गरेकोमा धन्यवाद व्यक्त गर्दै तमु भाषा संस्कृति संरक्षणमा तमु चलचित्रको योगदानको प्रशंसा गरे । तमु भाषा संस्कृति अन्य भाषा संस्कृतिको अतिक्रमण परिरहेको छ, अतिक्रमणका विरुद्ध संघर्षरत जिफानको योगदानको अहिले योगदानको मूल्यांकन नभएनी एकदिन उच्च मूल्यांकन हुने दाबी गरे । जिफानको अभियानले आफूहरु विदेशमा रहेकाहरुलाई झकझकाइरहेकोमा धन्यवाद दिँदै तमु कलाकारलाई प्रोत्साहनका लागि तमुधिं युकेले ल्होछारमा युकेका आमन्त्रण गर्ने गरेको बताउँदै उनले तमुधिं युकेले वर्षेनी आयोजना गर्ने नेपाली मेलाले नेपाली राष्ट्रिय संस्कृति प्रवद्र्धन गर्न भूमिका खेलेको बताए ।

जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङले तमुधिं युकेले तमु जातिको ऐतिहासिकस्थल क्होला सोंथर अध्ययन गरेकोमा प्रशंसा गर्दै जिफानले दमौलीमा गुरुङ चलचित्र महोत्सवको तयारी गरिरहेको जानकारी दिए । जिफानले जिल्ला शाखाहरु र विदेश शाखाहरु गठन गर्ने अभियान गरिरहेकाले युकेमा पनि शाखा गठनका लागि आग्रह गर्दै जिफान हङकङ साँझ जस्तै युके साँझ गर्न चाहेको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा सल्लाहकार मनोनयन भएका एकेन्द्र गुरुङलाई मनोनयन पत्र, तमुधिं युके तथा एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङलाई जिफानको कीर्तिमानी सदस्यता, तमुधिं युकेका निवर्तमान अध्यक्ष रामचन्द्र गुरुङ (सूर्य) र तमुधिं युकेका उपाध्यक्ष नन्दजंग गुरुङ जिफानको आजीवन सदस्यता प्रदान गरिएको थियो । यसैबीच तमु फोरमका निर्देशन क्या.राजु गुरुङले जिफानको कीर्तिमानी सदस्यता, तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार ओमेन्द्र गुरुङ, कार्यकारिणी सदस्य श्रीप्रसाद गुरुङ, सदस्य भीम गुरुङले जिफानको आजीवन सदस्यताका लागि घोषणा गरे । कार्यक्रममा जिफानका कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति गरेर मनोरञ्जन दिलाएका थिए भने रात्रिभोजको व्यवस्था गरिएको थियो । सो अवसरमा तमुधिं युकेले जिफानलाई मायाको चिनोसहित १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।

जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजबहादुर गुरुङले स्वागत, महासचिव गमन घले र सरुण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!