मर्दी खाेला समाज बेलायतले ल्वाङमा निर्माणाधिन कच्ची सडकखण्ड मर्मत संभारका लागि आर्थिक सहयोग

SHARE:

सुशान्त गाहा मगर, पोखरा २८ पोखरा ।
मर्दी खाेला समाज बेलायतले ल्वाङमा निर्माणाधिन कच्ची सडकखण्ड मर्मत संभारका लागि आर्थिक सहयोग गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ र धम्पुस जोड्ने कच्ची सडक मर्मतका लागि ल्वाङ मेलाको अवसरमा मंगलबार ८ लाख ८७ हजार ९ सय ९७ रुपैया आर्थिक सहयोग गरेको हो ।
उक्त रकम मर्दी खाेला समाज बेलायतका निबर्तमान अध्यक्ष हिरामान गुरुङ, समाजको प्रबक्ता सबिन्द्र कुमार गुरुङ तथा आमा समुहका निबर्तमान अध्यक्ष समाजसेवी माया गुरुङ लगायतले सयुक्त रुपमा ल्वाङ–सिउ–धम्पुस मोटरबाटो निर्माण तथा मर्मत समितिका अध्यक्ष ईन्द्र गुरुङलाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै हिरामान गुरुङले निर्माणाधिन मोटरबाटो मर्मतमा केही टेवा पुग्ने बिश्वास ब्यक्त गरे । उनले आफु जन्मे हुर्केको गाउँको बिकासको लागि बेलायतमा रहेका सबैबाट संकलन गरेको सो सहयोग गरेको जानकारी दिए ।

त्यस्तै सहयोग रकम ग्रहण गर्दै मोटरबाटो समितिका अध्यक्ष ईन्द्र गुरुङले बिकासको लागि सडक बिस्तार नै महत्वपुर्ण पक्ष रहेको बताउदै सहयोगी दाताहरु प्रति अभार प्रकट गरे । उनले भने– “आफ्नो गाउँ आफै बनाउनुपर्छ, सरकारी निकायको मात्र मुख ताकेर हुदैन अब अन्य ब्यक्तिहरुले समेत बुझ्नुपर्ने समय आएको छ ।” गुरुङका अनुसार सो कच्ची सडकखण्ड स्थानियको लागि मात्र नभई पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजताका लागि खोलिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!