
इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको निधन
काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइ भइरहेका बेला निधन भएको छ । अदालतमा सुनुवाइका क्रममा अकस्मात लडेका मोर्सीको हृदयाघातका कारण निधन भएको इजिप्टका सरकारी अधिकारीहरुले जनाएका छन् ।






