नियात्रा

SHARE:

जानु काम्बाङ्ग लिम्बु

गतांकबाट क्रमश

 पालो आयो लामो डुंगा आकारको घिर्लिङ्ग एउटामा ६ जना आंटने म, बिष्णु, सारा र माईली नन्दको छोरी झरना बस्यौं अरु दुई सिट्स खाली रहे । तल समुद्रमाथि आकाश सानो फलामको लट्ठामा डुंगा झुन्डिएको, अनि डुंगामाथि हामी, हल्का उकालो चढ्दा बिस्तारै लगेजस्तो लाग्यो तर, फर्केर आउँदा भने रोलर कोस्टरमा साथीहरूले भनेझैं हामीले पनि छोड्यौं । अनि बल्ल थाहा भो अति नै डर लाग्दा के छाडिँदोरैछ र साथीहरूले के छाडेछन् रोलर कोस्टरमा भन्ने कुरो ।

गर्मी हल्का घट्न लाग्यो, सितल फिरेपछि बल्ल घुम्ने जाँगर पलाउँदै थियो तर, गाइडले दिएको समय हुन लागेकोले एसेम्ली पोइन्टतिर लाग्यौं । वरिपरि जता हे¥यो उतै रमाइलो हामीले मुख्य, मुख्य ठाउँमात्र घुम्न पाएको महसुस भो । पुरै घुम्ने रहर अधूरै छाडेर बिहान जहाँबाट छुट्टियौं त्यहीँ भेला भयौँ तर हामीसँगै बिहान हुङ्गहामबाट रेल चढ्ने ४ जना साथीहरू भने समयमा आइपुगेनन् । झन्डै एक घन्टै कुरियो । हामीले नचिनेका एकहुल मान्छे पनि मिसाएर एजेन्सीले ३६ जनाको संग्ख्या पु¥याएको थियो तीमध्येको केही साथीहरू हाम्रो साथीहरूलाई पर्खन खर्चेको समयको हिसाबकिताब गर्दै कराउन रिसाउन थाले । गाईडलाई पनि जाउँ तिनीहरू आफैं ट्याक्सीमा आउँछन् भनेर गाली गर्थे त्यो बेला भने कति नरमाइलो लाग्यो । बल्ल बल्ल २ जना आइपुगे ।

फेरि हराए २ जना, गाईड सँगसँगै हामीले पनि ती दुईलाई रिस पोखायौं । अब जेसुकै होस् भनेर गाईड बाटो लाग्यो, उसको झन्डा पछ्याउंदै हामी पनि लाग्यौं बिहान छाडेको बस हामीलाई नै कुरेर बसिरहेको थियो । एक दिनको यात्रा, अन्धाधुन्द लाग्यो बिहान, कुन गेटबाट पस्यौं र अहिले कता निस्कियौं अत्तोपत्तो भएन ।

ड्राईभरको अनुहारमा पनि झरि बर्सिन लागेझैं थियो, हामीलाई कुर्नु पर्दाको परिणाम होला लाग्यो । हामी बसमा चढेर बस्दाबस्दै अघि माथि आइनपुगेको २ जना केटीहरू त्यहाँ आइपुगे, तर हामी सबैको गाली खाने २ वटी भने उतै २ जना साथीहरूलाई कुर्दै रहेका थिए । उनीहरूलाई लिन रिसाउँदै कराउँदै फेरि गाईड दगुरिन् । हाम्रो पालो फेरि ती २ टि लाई पुराण सुनाउन थाल्यौं । केहीबेरमै दौडिंदै आइपुगे अनि बस हिँड्यो त्यहाँबाट । बस हिँड्न थालेपछि गाइडले हामी सबैबाट हङकङ डलर २०, २० उठायो यो भने हाम्रो निम्ती अनौठो थियो किनकि हामीलाई यो कुरोको जानकारी थिएन । कारण सोध्दा यो मेरो आजको तलब हो भनिन् । चाईनिजहरू व्यापार गर्न मात्र होइन, लुट्न पनि सिपालू लाग्यो ।

सेङ्गजेन त मलाई दुरुस्तै, नेपालको काठमाडौँ फाँटजस्तो लाग्यो । कुनै ठाउँ लेकाली रुख बिरुवाहरू देख्दा भने ताप्लेजुंगको लेलेप, घुङ्गसाजस्तो पनि लाग्यो । जे होस् रमाईलो मिस्रित हावापानी थियो, दिनैभरि छिनमै घाम, छिनमै पानी खेपिरह्यौ हामीले । १ घण्टा १५ मिनेटमा लोहू पु¥यायो बसले ओर्लेर फेरि लोहूको ईमिग्रेसनसम्म गाईडको झण्न्डा पछ्यायौ ।

रेल स्टेसनको मुखैमा बिहान हामीलाई लाईन लगाएर फोटो खिच्ने केटा फेरि हाम्रो तस्बिरलाई प्लेटमा, कार्डमा र एउटा ग्रुपमा बनाएर १ जनाको फोटो ३ किसिमको डिजाईनमा बनाई फिजाएर बसिरहेको थियो । कतिले होस् नलैजाने है फोटो सोटो भन्दै हिँडे, तर मलाई भने आफ्नै फोटो हो सम्झना हुन्छ लान्छु भन्दै १ सय युआन तिरेर लिएँ । मेरो पछिपछि अरुले पनि लिए । त्यसपछि हामीलाई चाईनाको ईमिग्रेसनमा बिहानजस्तै नामे रोलमा उभ्याएर सिमाना कटाई दियो, बिनासूचना बसमा २० डलर उठाएकोले बाई पनि नभनी हामी हिँड्यौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!