अमेरिका र तालिबानबीच वार्ता हुने

SHARE:

एजेन्सी असोज २४ ।

अमेरिका र तालिबानबीच वार्ता हुने भएको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि पहिलो पटक वार्ता हुन लागेको हो । कतारको राजधानी दोहामा हुने वार्तामा तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच अफगानिस्तानमा वार्ता हुन लागको हो ।

अफगातिस्तानमा रहेका चरमपन्थी समूह र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिवानी अधिकारीहरूबीच वार्ता हुन लागेको हो । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ ।

गत अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिवानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्ने विश्लेषण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!