तमु धीं यूकेको गीत ‘श्रद्धाको मन्दिर हो’ रेकर्डिङ सम्पन्न, पवित्र र विजयको स्वर

SHARE:

तमु धीं यूकेको निर्माणमा तयार पारिएको ‘तमु धीं यूके श्रद्धाको मन्दिर हो’ बोलको गीतको रेकर्डिङ सम्पन्न भएको छ । गीतमा पवित्र गुरुङ र विजय गुरुङले स्वर दिएका छन्।

गीतकार एवं साहित्यकार एकेन्द्र गुरुङको शब्द, पदम गुरुङको संगीत र धनबहादुर गुरुङको संगीत संयोजनमा तयार भएको गीतको परिकल्पना मिनप्रसाद गुरुङले गरेका हुन्। एआर स्टुडियोमा रेकर्ड गरिएको गीत छिट्टै सार्वजनिक गर्ने तयारी रहेको छ।

तमु धीं यूकेको पहिचान, योगदान र संस्थाप्रतिको श्रद्धाभाव समेटिएको गीतमा स्वर दिन पाउँदा खुसी लागेको गायिका पवित्र गुरुङले बताएकी छन्। उनले गीतका सर्जक, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायत संस्थाका सम्पूर्ण परिवार तथा सहयोगीप्रति आभार व्यक्त गरेकी छन्।

गीतको निर्माता तमु धीं यूके रहेको छ। गीतले संस्थाप्रतिको सम्मान र आत्मीयतालाई सांगीतिक माध्यमबाट अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ।

गायिका पवित्र गुरुङ यतिबेला सांगीतिक भ्रमणका लागि बेलायतमा छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!