अमेरिकाले अफगानिस्तानमा मानविय सहायता गर्ने तालिवानको दावी

SHARE:

एजेन्सी असोज २५ ।

अमेरिकाले अफगानिस्तानमा मानविय सहायता गर्ने सहमति जनाएको तालिवानले दावी गरेको छ ।

गत अगस्टमा अफगानिस्तानमा तालिवानीले कब्जामा लिएपछि पहिलो पटक भएको वार्तामा अमेरिकाले अफगानिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको तालिवानीले जनाएको छ । दुई दिनदेखि कतारको दोहामा तालिवानका प्रतिनिधि र अमेरिकी अधिकारीहरू वार्तामा छन् ।

वार्तामा अफगानिस्तान नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको तालिवानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । तर, तालिवानी सरकारलाई मान्यता दिन भने अमेरिकाले अस्वीकार गरेको छ । यस्तै मानविय सहायताका लागि तालिवानीले सहजीकरण गर्ने पनि सहमति भएको बताइएको छ । तर, उक्त वार्ताका बारेमा अमेरिकाले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यस्तै वार्तामा अफगानिस्तानमा रहेका विदेशी नागरिकको बर्हिगमनलाई सहज बनाउने बारेमा पनि छलफल भएको बताइएको छ । गत महिना भएको दाताहरूको सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानमा ठूलो मानविय सहायता आवश्यक रहेको बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!