डब्लूएचओद्वारा कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन

SHARE:

एजेन्सी असोज २८ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ ।

साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स ९सागो०सँग संयुक्त रुपमा गठन गरिएको छ । नयाँ कार्यदलमा २६ जना विज्ञलाई राखिएको छ । डब्लूएचओले नयाँ कार्यदल कोभिड–१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ । साढे एक वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।

नवगठित कार्यदलले वुहानको बजारबाट जनावरबाट मानिसमा भाइरस सरेको हो वा प्रयोगशाला दुर्घटनापछि फैलिएको हो भनेर विचार गर्ने छ । प्रयोगशालासम्बन्धी दोस्रो धारणाप्रति चीनले कडा रुपमा प्रतिवाद गर्दै आएको छ । कोभिडको उत्पत्तिको विषयमा अनुसन्धान गर्न गत फेब्रुअरीमा चीन पुगेको डब्लूएचओको एक टिमले भाइरस चमेराबाट मानिसमा सरेको सम्भावनासहितको निष्कर्ष दिएको थियो तर यस विषयमा थप काम गर्नुपर्ने जनाएको थियो ।

तर पछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चिनियाँ पक्षको आपरदर्शीता र डेटाको अभावले अनुसन्धानमा बाधा उत्पन्न भएको बताउँनु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!