एजेन्सी असोज २९ ।

अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परेर १६ जनाको मृत्यु भएको छ भने ३२ बढी घाइते भएका छन् ।
कान्दहारको इमान बरगाह मस्जिदमा बम विस्फोट भएको बीबीसीले जनाएको छ । शुक्रबार प्रार्थनामा सहभागी भएकाहरुलाई लक्षित गरि विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटको कारण अहिले प्रष्ट नभए पनि आत्मघाती हमला हुनसक्ने बीबीसीले जनाएको छ । हमलामा परि घाइते भएका हरुलाई स्थानीय मिरवाइस अस्पताल लगिएको छ ।
यो हमला स्लामिक स्टेट अन्तर्गतकै स्थानीयस्तरको आईएस केले गरेको हमला हुनसक्ने बीबीसीले जनाएको छ । अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी सहरमा यस्तै हमला भएको थियो ।






