रुसमा कोरोना संक्रमणबाट एकैदिन एक हजार जनाको मृत्यु

SHARE:

एजेन्सी असोज ३० ।

रुसमा कोरोना भाइरसका कारण एकैदिन एक हजार जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएपछि रुसमा एकैदिन एक हजार जनाको मृत्यु भएको यो पहिलोm पटक हो । हिजो रुसमा एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो आँकडाले रुसको स्वास्थ्य प्रणाली थप बिग्रिएको पुष्टि हुँदै गएको खबरमा उल्लेख छ । रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् । सरकारी अधिकारीहरुले भने महामारी बढ्नुमा सर्वसाधारण नै दोषी रहेको आरोप लगाएका छन् ।

खोप नलगाउने र सरकारले लागु गरेका मापदण्डको अटेरी गर्दा अवस्था फेरि खराब बन्न लागेको सरकारी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । रुसमा कोरोनाविरुद्धको खोप पर्याप्त भण्डारणमा रहेपनि आधा भन्दा धेरै जनसंख्या खोप लगाउन अनिच्छुक देखिएको छ ।

रुसमा अहिलेसम्म दुई लाख २२ हजार तीन सय जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!