गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसीले अन्तर्राष्ट्रिय भेला गर्दै

SHARE:

अमेरिका कात्तिक ३ ।

गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसीले अन्तर्राष्ट्रिय भेला गर्दैछ।

एनआरएनएको पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्ने उद्देश्यले संघका राष्ट्रिय समन्वय परिषद् एनआरएनए एनसीसी हरुको अन्तर्राष्ट्रिय भेला आउदो आइतबार अक्टोबर २४ मा आयोजना गर्न लागिएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने आयोजकहरुले जनाएका छन् ।

१८ वर्ष पहिले स्थापित संघका एनसीसीहरुले आफ्नै पहलमा विश्व भेला बोलाउन लागेको यो पहिलो पटक हो । भेला तयारी समितिका संयोजक तथा एनसीसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सुवेदीले भने । संघको दशौँ महाधिवेशन स्थगित भएको छ, तर नयाँ मिति तोकिएको छैन। चुनाव कहिले हुने भन्ने बारे पनि यकीन छैन। संघ इतिहासकै संकटपूर्ण घडीमा पुगेको बेला मूकदर्शक बनेर बस्नु भन्दा आपसी छलफलद्वारा समस्याको समाधान र निकासका लागि हामीले विश्व भेला बोलाएका हौँ,

भेला सम्पन्न गर्नकोको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा तयारी समिति गठन गरेका छन्। तत्काल समन्वय तथा संयोजन गर्न ९ सदस्यीय तयारी समिति बनाइएको छ। सम्पूर्ण एनसीसीका अध्यक्षहरु नै भेलाका आयोजक हुनेछन्।

तयारी समितिको संयोजकमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी रहेका छन् भने सदस्य हरुमा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगर तथा एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराइ रहेका छन्।

“यो भेला कसैका विरुद्ध पनि केन्द्रित छैन। सबै साथीहरुलाई एकै ठाउं भेला गरेर विचार मन्थन गर्ने उद्देश्यले विश्व भेला गर्न लागिएको हो,ू एनसीसी अष्ट्रियाकी अध्यक्ष तथा तयारी समितिकी सदस्य भवानी तिवारीले भनिन्।

विश्व भेलाबारे छिट्टै एउटा पत्रकार सम्मेलन गरेर जानकारी गराइने आयोजकहरुले जनाएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!