सिरियामा मानवीय संकट उत्पन्न हुने संयुक्त राष्ट्रसंघको चेतावनी

SHARE:

एजेन्सी कात्तिक ११ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तान जस्तै सिरियामा पनि आगामी जाडो याममा मानव संकट उत्पन्न हुने भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

संंयुक्त राष्ट्रसंघका मानवीय सहायता सम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्काल मानवीय सहायता आवश्यक रहेको भन्दै तत्काल आर्थिक सहयोग उपलब्ध गराउन बिश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको गिरिफिथको भनाइ छ ।

यसअघि संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको थियो । मानवीय सहायता प्रमुख गिरिफिथले सिरियामा एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताउनुभयो । लामो द्वन्द्वमा फसेको सिरियामा सर्वसाधारणलाई खाना र बासकै समस्या हुने गरेको छ ।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएपछिको हिंसा हालसम्म पनि जारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!