
एटा सम्वादाता – दिनांक ४ डिसम्बर 2021 को दिन गोदुनिस, दार्जलिंग को पुस्तकालयमा श्री हरेन आलेका अध्यक्षतामा मास्टर मित्रसेन थापा मगरका नाम, कृति, संगीत आदिलाई संरक्षण गर्नका निम्ति संस्था निर्माण गरिनुपर्ने धेयले एउटा सभा राखियो । श्री अजय थापाद्वारा सञ्चालित यस सभामा मास्टर मित्रसेन थापाको सालिक निर्माण कार्य गर्दा मगर संघ भारत अन्तर्गत सालिक निर्माण उपसमिति गठन गरिएका थिए भनी जानकारी गराए । सालिक निर्माणकार्य पूर्ण भइसकेपछि यसको संरक्षण र भावी कार्यक्रम गर्नको निम्ति मास्टर मित्रसेन थापा साहित्यकला संस्थानको गठन गर्नुपर्छ भनी संस्थानको नाम पनि सभा समक्ष राखियो ।
मगर संघ भारत अन्तर्गत सालिक निर्माण उपसमितिको पक्षबाट श्री अमीट थापाले पनि मास्टर मित्रसेन थापाका परिवारलाई भाग्सु तोतारानीमा नै पुगेर भेटेको जानकारी गराई भने मित्रसेन थापाका परिवार अनि भाग्सु वासी को पनि दार्जीलिङमा एउटा संस्थानको खोलियोस् भनी चाहना रहेको सभामा राखियो ।
संस्कृति एवं सूचना विभाग दार्जिलिङका सहनिर्देशक श्री बिमल राईले पनि मास्टर मित्रसेन थापामाथि दुई कुरा राखी संस्थान खोलिनु पर्छ भनी जोड़ दिए । डा. सुजता रानी राईले मास्टर मित्रसेन थापा नेपाली सांगीतिक क्षेत्रका आदिसंगीतकार हुन् । उहाँको संगीत साहित्य र कलालाई संरक्षण गर्न संस्थान निर्माण गर्न अति अवश्यक छ भनी सभालाई सम्बोधन गरे। संगीतकार श्री चन्दन लम्जेलले पनि आफ्नो मन्तव्यमा हाम्रो युगपुरुष साथै संस्कृति परम्परालाई बचाउनु पर्ने हाम्रो दायित्व हो भनी संस्थानको खोलिनु पर्छ भनी राखे।
यस सभाको निम्ति साहित्य, संगीत, कला आदिका संघ संस्था तथा वैयक्तिक रुपले पनि पत्राचार गरेका थियौं । केवल १२ जना मात्र उपस्थिति थिए । श्री हरेन आले, श्री बिमल राई, डासुजता रानी राई, श्री विजय कुमारलाई राई, श्री चन्दन लम्जेल, श्री प्रवीन गजमेर श्री अमीत थापा, श्री अजय थापा, श्रीमती योगिता राई, श्री मनिष राणा, श्री शंकर राना, श्री पवनमहिमा अध्यक्षताको वक्तव्यमा श्री हरेन आलेले संस्थान खोलिनु नै पर्ने भनी जोड दिए । तर कोरम नपुगेकोले केवल तदर्थ समिति मात्र गठन गर्न सकिने कुरा राखे । सभापछि तदर्थ समिति मास्टर मित्रसेन थापा साहित्य कला संस्थानकै नाममा गठन गरियो । यस समितिको संयोजक श्री अजय थापालाई सभाद्वारा चयन गरी राख्यो भने यसै समितिले २९ डिसम्बर २०२१ को दिन मास्टर मित्रसेन थापा जयन्ती पनि पालन गरिने भएको छ ।






