बेलिन्द गुरुङ, रिटायर्ड मेजर बुद्धि गुरुङ र श्रीमती आशा गुरुङका माइली छोरी हुन् । बेलिन्दको बुवा बुद्धिको जन्म कास्की पोखरादेखि १८ किमि पश्चिममा पर्ने सिधाने गाउँमा भएको थियो । एक वर्ष पनि नपुग्दै उनी बाबा स्वा. धनकाजी गुरुङ सपरिवारसँग चितवन बसाइँ सरेका रहेछन् । पश्चिम नेपालको विकट गाउँमा जन्मिएका बुद्धि अति मिलनसार, मेहेनेती र शिक्षाबारे राम्रो ख्याल राख्ने अभिभावकमा गनिन्छ ।
ब्रिटिस गोर्खामा भर्ती भएर मेजरसम्मको पद पनि हासिल गरे । सेनामा कार्यरत रहँदा पनि बच्चाहरुका भविष्यका लागि शिक्षाभन्दा अरु विकल्प हुनै सक्दैन भन्ने विचार बोकेर उनी सँधै लागिरहन्थे । फलस्वरुप छोरीहरुले पनि बाबाको सपना साकार पारिदिएको छ । २६ जना ब्रिटिस प्रधानमन्त्रीहरु, ५० जना नोवेल पुरस्कार विजेता, दर्जनौं राष्ट्र प्रमुखहरु र १२० जना ओलम्पिक मेडल जित्न सफल विश्वकै प्रख्यात विश्व विद्यालय अक्सफोर्डमा पढ्ने मौका छोरी बेलिन्दले पाइन् । त्यही ठाउँमा ब्रिटिस प्रधानमन्त्रीहरु तेरेशा मे, डेबिट क्यामरुन, टोनी ब्लेयर, मार्गरेड थ्याचर पढेका थिए ।
त्यस्तै भूपू अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, अस्ट्रेलियाका भूपूप्रधानमन्त्री टोनी अबोट, भूपू भारतीय प्रधानमन्त्री मनमोहन सिंह, नोवेल शान्ति पुरस्कार विजेता आङसान सुकी, बैक अफ इंल्यान्डका गभर्नर मार्क कार्नी आदि सबै अक्सफोर्डकै विद्यार्थी थिए । धेरैजसो नेताहरुले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र नै अध्ययन गरेको पाइयो । छोरी बेलिन्दले पनि तिनै तीन विषयमा स्नातक गरेर लन्डनमा जागिर पनि सुरु गरिसकेका छन् । प्रत्येक बावुआमाको सपना हुन्छ आफ्नो बच्चालाई उत्तम शिक्षा दिलाउने तर सबैको इच्छा पूरा विभिन्न कारणहरुले नहुन सक्छ । बेलिन्द एक आँटिली र सानै उमेरबाट उद्देश्य लिएर अध्ययनमा अब्बल छात्रा थिइन् । उनका कुराहरुले नेपाली भाइबहिनीहरुलाई पढ्नमा थप उर्जा मिल्न सक्छ । अक्सफोर्डमा भर्ना पाउन गरिनु पर्ने तयारीहरु र अनुभवबारे एभरेष्ट टाइम्सका लागि प्रकाश गुरुङले बेलिन्दसँग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाईंको बारे छोटोमा भनिदिनुहोस् न ?
मेरो विगतलाई टाइमलाइनसँग जोड्न चाहन्छु । सन् १९९६ मा काठमाडौंमा जन्मे । तीन वर्षपछि योर्कमा बाबाआमासँग आएँ । बाबा आर्मीमा भएकाले ११ वर्षसम्म धेरै स्कुल फेर्नु पर्यो । त्यसपछि ११ देखि १६ वर्षसम्म रोयल अलेक्ज्यन्ड्र एन्ड अल्बर्ट बोर्डिङ स्कुल, राईगेटमा पढेँ । ए–लेभल केन्ड्रिग ग्रामर स्कुल, रेडिङबाट गरे र अक्सफोर्डमा भर्ना पाएँ ।
बोर्डिङ स्कुल र ग्रामर स्कुल पढ्न कसरी मौका पाउँनुभयो ?
बाबा आर्मीमा भएकाले ठाउँ फेरिरहनु पर्ने, त्यसैले बोर्डिङ स्कुलमा भर्ना भएँ । म पढेको स्कुल बोर्डिङ भए तापनि स्टेट स्कुल हो । युकेभरि त्यस्ता स्कुल दुईवटा मात्र रहेछन्, पछि मात्र थाहा भयो । ग्रामर स्कुलमा भर्ना पाउन सजिलो थिएन । धेरै मेहेनत गर्नु प¥यो । तर, परिवारको सहयोग र मेरो हार्डओर्कले नै ठाउँ पाउन सफल भएँ ।
स्कुल र कलेजको रिजल्ट भन्न मिल्छ ?
स्योर, जिसीएससीमा ९ ए स्टार, १ ए, १ डिस्टिङसन । कलेजमा २ ए स्टार र २ ए पाएको थिएँ ।
अक्सफोर्ड युनिभर्सिटी पढ्ने इच्छा कसरी जाग्यो ?
हाम्रो नेपाली परिवारमा शिक्षालाई धेरै महत्व दिएको म सानैबाट थाहा पाउँथें । आमाले घरको सबै काम गर्नुहुन्थ्यो भने बाबा सधैं बच्चाहरुकै पछि पर्नु हुन्थ्यो । मेरो मनमा पनि बेस्ट स्कुल, बेस्ट कलेज र बेस्ट युनिमै पढ्छु र रिजल्ट राम्रो ल्याउँछु भन्ने थियो । मलाई आझै याद आउँछ । म तेह्रा वर्षको हुँदा बोर्डिङ स्कुलमा थिएँ । एक बेलुका नोटबुकमा लेखेँ, ‘वाट आइ वान्ट टु डु? आई वान्ट टु गो युनिभर्सिटी अफ अक्सफोर्ड एन्ड स्टडी फिलोसोफी, पोलिटिक्स एन्ड इकोनोमिक्स ।’
मेरो प्रेरणा नै बाबा थियो । हामी सँगै बसेर समाचार हेथ्र्याै, पढ्थ्यौ र डिबेट गथ्र्याै । सधैं मलाई हौसला दिनुहुन्थ्यो । त्यसैले मलाई आँटको जागरण हुन्थ्यो । अन्तता सपना पूरा भयो ।
अक्सफोर्डजस्तो चर्चित युनिमा पढ्न कसरी ठाउँ पाउनुभयो ? भाइ, बहिनीहरुलाई केही सल्लाह छ ?
आवश्य, स्कुल लेभलबाट नै तयारी गरेमा राम्रो हुन्छ । जिसिएससी र कलेजमा राम्रो ग्रेड ल्याउनु पर्छ । रिजल्टबाहेक अन्य विधाहरुमा पनि भाग लिए थप मौका पाउन सकिन्छ । म स्कुल कलेज हुँदा नै हेडगर्ल, प्रिफेक्ट, ड्युक अफ ऐडिनबरा अवार्ड, डिबेड क्लब, करेन्ट ऐफियर्स क्लब र अन्य एक्टिभिटीहरुमा भाग लिएको थिएँ । वर्क ऐक्सपिरिन्स पनि गरेको थिएँ ।
साधारण युनीको न्यूनतम ग्रेडिङ त ल्याउनै प¥यो । मुख्यतया आफ्नो लक्ष्यमा अडिग हुनुपर्दछ । सबै राम्रै ग्रेडिङ भएकाहरुले एप्लाई गर्छन् । त्यसमा आफ्नो युनिक वा स्पेसल अरुको भन्दा के छ भन्ने महत्वपूर्ण हुन्छ । अक्सफोर्डका लागि ए एस लेभलमा हुँदा नै ‘थिङकिङ स्किल ऐसेस्मेन्ट’ तीन घण्टाको परीक्षा मिल्नु पर्दछ ।
अधिकतम विद्यार्थी यसैमा फेल हुन्छन् । सुरुको परीक्षामा पास भएमात्र इन्टरभ्यूका लागि मौका मिल्दछ । मैले पीपीई विषय लिएकाले चार दिन युनिमै बसेर तीनवटा छुट्टाछुट्टै टुटरहरुसँग इन्टरभ्यू मिले । मेरो तयारी राम्रै थियो । कलेजमा हुँदा पनि पर्सनल स्टेमेन्ट लेख्न हेडमिस्ट्रेसले मेरै उदाहरण लिएको थियो । भाग्याले पनि साथ दियो र मेरो मेहेनतको कदर भयो । के भन्न चाहन्छु भने जब आफ्नो लक्ष्य राखेपछि पूरा गर्न केही कुराहरु स्याक्रिफाइस पनि गर्न सक्नु पर्छ । जस्तै साथीको बर्थ डे पार्टी त अर्को साल पनि आउँछ नि ! तर, आफ्नो राम्रो ग्रेड हासिलको लागि समयमा नै कोसिस गर्नु पर्छ किनकि तपार्इंको डिग्री परमिनेन्ट हो भने सोसियल त टेम्पोरी मात्र हो । त्यसैले यी कुराहरुमा ब्यालेन्स गर्न
सिक्नु पर्छ ।
युनीमा भर्ना पायो भन्ने खबर सुन्दाको अनुभव कस्तो थियो ?
पत्रमा रिजल्ट आउनेवाला थियो । त्यो दिन म स्कुलमा थिएँ । घरमा दिदी थियो । मैले सुनेको थिएँ । बाक्लो चिट्ठी आए एक्सेप्ट हुने र पातलो आए रिजेक्टेड भनेर । एघार बजे दिदीबाट टेक्स मेसेज आयो । दिदीले भनिन्, ‘पत्र त पातलो छ ।’ तर मैले नखोल्नु, मै आएर खोल्छु भनेँ । त्यो दिनभरि मलाई चिन्ता भयो । ला मेरो मेहेनत सबै खेरो गयो ।
बेलुका घर आएँ र अँध्यारो अनुहार लगाएर एक्लै कोठामा गएर पत्र खोलेँ । ‘ओ माई गड, आई गट इट’ म घरको तलमाथि खुसीले दौडन सुरु गरेँ । बाबा पनि मै सँग दौडिनु भयो । त्यो खुसीको समय कहिले पनि भुल्दिनँ । मेरो आमाको पनि महत्वपूर्ण भूमिका छ । उनी मेरो इमोसनल ब्याक बोन्ड हुनुहुन्छ । उहाँको माया, नरम हौसला सधैं मेरो मन मस्तिष्कमै रहन्छ ।
अब युनी गइसकेपछिको अनुभव कस्तो रह्यो ?
रमाइलो थियो तर च्यालेन्जिङ पनि । एक हाप्तामा दुइटा ऐसे लेख्न दिन्थ्यो । न्यूनतम छ वटा किताब रिफ्रेन्सका लागि पढ्नु पथ्र्यो ।
अक्सफोर्ड युनियन डिबेटिङ सोसाइटीमा पनि मेम्बर भएँ र सो क्लबको गभर्नर बोडीमा पनि थिएँ । धेरै प्रख्यात व्यक्तिहरुसँग सम्पर्क पनि भयो । जोन केरी यूएसको सेक्रेटरी स्टेट, निक क्लेग, नाइजल फलाज, जेम्स बोन्ड आदिसँग डिबेड क्लबमा भेट भयो ।
तीन वर्षभित्र युनी हुँदाका हाईज एन्ड लोजको केही घटना ?
आवश्य, सेकेन्ड इयरको समरमा बिरामी भएँ । अनुहारको आधा भाग नै चलेन । त्यही बेला तीन हप्ताको चाइना भ्रमण जानु थियो तर डाक्टरले जान दिएन । रोइङ क्लब र थेटरको लिड एक्टर पनि थिएँ, बिरामीका कारण छुट्यो । डाक्टरले पनि कारण पत्ता लगाउन सकेन । सायद स्ट्रेसले होला भन्ने अनुमान भयो । त्यही बेला बाबा पनि बिरामी भएर हस्पिटल हुनुहुन्थ्यो । आमालाई कति आपत भयो होला । बाबालाई भेट्न जानु पर्ने, मलाई पनि दिनदिनै फोन गर्नु हुन्थ्यो । आमाको ट्रिउ माया पाएको छु । तीन महिनापछि निको भयो र टच उड अहिलेसम्म त्यस्तो बिमार भएको छैन । खुसीका कुरा गर्नु पर्दा त धेरै छन् । त्यहाँको चलन अनुसार प्रत्येक शुक्रबार आफ्नो परिवारलाई खानाको लागि बुकिङ गर्न पाउँथ्यौं । बाबा आमा त धेरै पटक आउनुभयो । बाजे बज्यै पनि आउनु हुँदा झनै रमाइलो भयो । ग्रेजुएसनकै दिन होला सबै भन्दा हाइज ।
अक्सफोर्डको एउटा मात्र दिन संझनु परे कुन दिन हुन सक्छ ?
इक्जामको अन्तिम दिन । अक्सफोर्डको ट्रेडिसनुसार प्रत्येक इक्जाममा युनिफर्म लगाउनु पर्छ । परीक्षा सकिएको दिन सबै साथीहरु हलको बाहिरा कुरेर बसेका हुन्छन् । जब सकिएर बाहिरा आउँछन् तब सेलेब्रेसन सुरु हुन्छ । स्याम्पेन छर्किने, सेभिङ फर्म, दही छर्ने, माछा, बेकनहरु फाल्दिने, फुल छर्ने र आखिरमा सबैजना नजिकैको खोलामा गएर युनिफर्म सँगै हाम्फाल्ने । उक्त चलनलाई ट्रेसिङ भनिन्छ ।
ग्रेजुएसन पछि के गर्दै हुनुहुन्छ ?
लन्डनमा काम गर्दैछु । मेरो इनडस्ट्री ‘भेन्चर क्यापिटल’ हो र ‘जाम जार इनभेस्टमेन्ट’मा इन्भेस्टमेन्ट एसोसिएट भएर काम गर्दैछु । हाम्रो कम्पनीले पोटियन्सियल हाईग्रोथ कम्पनीहरुलाई फन्ड्स उपलब्ध गर्दछ । हामी नौ जनाको टिममा छौं ।
तपाईंले काम गर्ने कम्पनीमा क्याम्ब्रीज र अक्सफोर्डका विद्यार्थीले मात्र नोकरी पाउँछन् ?
त्यस्तो त होइन । दुई जना डुराम र सेफिल्ड युनिका पनि छन् । तर, तीन जना क्याम्ब्रीज र तीन जना अक्सफोर्ड पढेकाहरु छन् ।
नेपाल र नेपालीको लागि केही गर्ने योजना छ ?
म भर्खरै मात्र पढाई सकेर काम सुरु गरेको छु । आवश्य छ । मेरो बाबाले ब्रिटिस गोर्खामा नोकरी गर्नु भएर नै मैले यो मौका पाएँ । आखिर हाम्रो रुट त नेपाल र नेपाली नै हो । मलाई नेपालको महिला अधिकारको बारेमा सहयोग गर्ने विचार छ । म बाटो खोज्दैछु । कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर । मेरो विचारमा नेपाली महिलाहरुलाई समानरुपमा व्यवहार गर्ने र अवसर प्रदान गरेमा मात्र राष्ट्रको विकास तीव्ररुपमा हुन्छ जस्तो लाग्छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ।
थ्याङ्क्यू सो मच । एभरेष्ट टाइम्सले मलाई मौका दिनु भयो । अभारी छु । कुनै भाइबहिनीहरुलाई अक्सफोर्ड युनी जाने लक्ष्य छ । केही बुझ्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुस् । मेरो अनुभव अवश्य सेयर गर्ने छु ।






