लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) यूकेका पूर्वअध्यक्ष जीवनारायण बेल्वासे फेरि काउन्सिलर उम्मेदवार बनेका छन् ।
रसमोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा विगत २५ वर्षदेखि बस्दै आएका बेल्वासे कन्जरभेटिभका काउन्सिलर उम्मेदवार बनेका हुन् । बेलायतमा आगामी ७ मे २०२६ मा स्थानीय निर्वाचन हुँदैछ । बेल्वासे वेलिङटन वार्डबाट काउन्सिलर जितेर सन् २०२१ देखि २०२४ सम्म जिम्मेवारी निभाएका थिए ।
अपराध र असामाजिक व्यवहारविरुद्ध लड्ने, टाउन सेन्टर सुधार, राम्रो आवास प्रदान, हरियाली ठाउँहरू संरक्षण, पार्किङ व्यवस्थापन एवं खाल्डाखुल्डी मर्मत र स्थानीय सरकार पुनर्गठन गर्ने मुख्य एजेण्डा उनका छन् ।
बेल्वासे अहिले चुनावी प्रचारप्रसारमा छन् ।






