
हामी सबैको आँखा अन्धो भएको देख्छु
आर के त्रिपाठी – राजनैतिक विश्लेषक
१७ सेप्टेम्बर २०२३, बेलायत। अझै पनि गरिबीको कारणले यसरि बालुबा निकालिन्छ बेल्खु खोलामा।केहि समय अघि मलेखु जाने क्रममा बेल्खुमा देखिएको यो दृष्य।
मैले यस स्थानमा ओर्लियर बालुवा डोकामा उठाईरहेकी बुढि आमासंग सोधनि गर्दा बालुवा डोकोमा उठाइरहनु भएको बुढि आमाले भन्नु भयो कि विगत 2 वर्षमा ११ जना लाई नदिले बगाएको रहेछ।
बालुवा डोकामा उठाईरहेकी बुढि आमासंग सोधनि गर्दा पुःन रुदै भन्नुभयो कि यो ज्यान र परिवार पाल्न बालुवा नदिबाट उठाउन डोको लिएर त्रिशुली नदि भित्र डुब्दा मेरो आगाडी डोको लिएर डुबेको जेठो छोरो पनि माथी आएन।उ डुबेको डुबेई भयो।म धेरै रोएँ।
मैले मेरो ५ सन्तान मध्ये बाँकी ४ जनालाई आहार,स्थाहार,सुसार र जिवन हुर्काउनु पर्ने दायित्व थियो।यो काम छोड्दा बाँकी सबै भोक भोकै भर्ने भए।त्यसैले हरेक दिन रुँदारुँदै यहि काम गरिरहें जिवन पाल्न।
माईलो छोरो पनि अलि ठूलो भयो र यहि काम गर्न थाल्यो।नदिको बालुवा बेचेर अलिकती पैसा कमाउँछु र बचाउँछु आमा भन्दथ्यो ।१ लाख जति पैसा जम्मा भए पछि म यो काम छोडी मलेशिया जान्छु आमा कमाउन भन्दथ्यो मलाई।यो ति बुढी आमाले रुँदै मलाई भन्नु भएको कुरा थियो यो।यो झुटो कुरा होइन सत्य यथार्थ चित्रण हो। पृथ्वी हाइवे बेल्खु खोलामा गाडि रोकेर बुझ्दा हुन्छ सबैले/
बुढि आमाले पुःन रुदै भन्नु भयो कि बस्ने वास छैन।खानको लागी विगत २० बर्ष देखि यो ज्यान र परिवार पाल्न यहि काम गरेको छु।गरिबीले गर्दा २ भाई छोराहरुले यहि काम गरेका थिय। ५ बर्ष अगाडी जेठो छोरो लाई त्रिसुलिले बगायो।२ वर्ष अगाडी कान्छो छोरो बगायो भन्नु भयो आमाले।
एक दिनमा ५० डोको बालुवा बापत 1000 रुपैया कमाइहुँदो रहेछ।तर ठेकेदारले काठमाण्डौंमा बेचि ५० डोको बालुवा बराबर ७००० रुपैया लिदा रहेछन /
यहाँ श्रमको मुल्यमा ठूलो पूँजी दलाली छ। श्रम गर्ने हरेक वा कृषी गर्ने कृषकले श्रमको मुल्य पाउँदैन। कृषक बाट किनेर बजारमा लगेर बेच्नेले मालामाल गर्दछ।अनि कसरि हुन्छ उत्पादन ?
अब भन्नुस कहाँ छौ हामी?कहाँ छ सरकार?कहाँ छ नियमन निकाय ? के हो रोजगारी सामाजीक सुरक्षा?के हो रोजगारी वृद्धि?
प्रधानमन्त्री,मन्त्री,सांसद,मानाब अधिकारकर्मि, सरकारका विभिन्न ओहदाका नियमन अधिकारी यहि बाटो प्राडो,पजेरो,स्कारपियोमा हुँईकिन्छन्।कसैको आँखा यता तर्फ जाँदैन।
म हरेक विषयमा कमेन्ट गर्न मात्र चाहन्न तर अधिकारको व्यवस्था गर्दा Ground को Reality लाई हेरौं।शुन्य बाट सुरु गरौं।काठमाण्डौं र अन्य शहर मात्र देश र भूगोल होइन।हाम्रा गाउँमा बस्ने जनताको जिवन स्तर उठाउन हामीहरु गहिरिएर विश्लेषण गरौं।जति बिग्रियो बिग्रियो। अब विगत हेरेर बिगार्ने होइन बनाउने तिर लागौं।
विगतका अलोकतान्त्रिक शासन प्रणालीहरूका कारण क्षति हुन गएको,सुस्ताएको हाम्रो विकास यात्रा,ओझेलमा परेका समृद्धिका आकाङ्क्षाहरू र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई माथी पुर्याउन सरकार नागरीक र सबैको ध्यान जान जरुरी छ।
संविधानले सबै कुरा गर्छ तर बुद्धि,विवेकको क्षमता बाँड्दैन।हामीले बुद्धि,विवेकको क्षमता देखाउन सक्नुपर्छ। प्रत्येक विषयलाई कोट्याएर छलफल गर्दै अगाडि बढ्न सक्नु पर्दछ।






