लन्डन । डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ ।
काठमाडौं बुढानीलकण्ठ भंगालमा बन्न लागेको समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणका लागि बेलायतमा संकलित भूमिदान सहयोग स्वरूप १६ लाख १३ हजार ८१६ बुद्ध जयन्तीको पुण्य दिनमा अध्यक्ष चन्द्रप्रसाद गुरुङलगायतले समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिरलामा गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
सहयोगी संस्थालाई अध्यक्ष शिर लामाले धन्यवाद व्यक्त गरेका छन्।






