यूकेका धेरै क्षेत्रहरूमा छोराछोरीभन्दा कुकुरको संख्या बढी हुन थालेको रहेछ [विचार]

SHARE:

आज (शनिबार) बिहान LBC रेडियो सुन्दै थिएँ जहा प्रसारित एक रिपोर्टले बेलायती समाजमा देखिँदै गएको महत्वपूर्ण सामाजिक परिवर्तनतर्फ गइरहेको बारेमा थियो । कुरो के भने UK का धेरै क्षेत्रहरूमा अब छोराछोरीभन्दा कुकुरको संख्या बढी हुन थालेको रहेछ । कुकुर केवल घरपालुवा जनावर मात्र नभएर परिवारको सदस्य जस्तै हुने,

कतिपय अवस्थामा “बच्चाको विकल्प” जस्तै पो मान्न सुरु गरेछन । यसमा विभिन्न कारणहरु मध्य धेरै जोडीहरू ढिलो विवाह गर्ने,विवाहपछि पनि बच्चा नजन्माउने वा ढिला जन्माउने, अझै कतिले त बच्चाको सट्टा कुकुर पाल्ने निर्णय गर्न पो थालेका रहेछन । त्यसो त कुकुर या बिरालो पाल्दा यिनीहरुसंग भावनात्मक सम्बन्ध हुने, यिनीहरुको हेरचाह, खर्च, दिनुपर्न् समय ईत्यादी सबै कुरा हेर्दा बच्चा हुर्काउने भन्दा धैरै सजिलो हुने धेरैलाई लागने रहेछ ।

LBC ले उल्लेख गरेको अनुसार England का धेरै postcode area मा कुकुरको संख्या त्यो एरियाका बालबालिकाको संख्याभन्दा बढी रहेछ, लन्डन जस्ता ठूला र जनघनत्व बड़ी भएको सहरमा पनि ५ वर्ष मुनिका बालबालिकाभन्दा कुकुर र बिरालो बढी रहेछन । UK मा हाल अनुमानित १ करोडभन्दा बढी कुकुर पालिएका रहेछन । यसले को बुझ्न सकिन्छ भने अब बेलायतमा मात्र नभएर संसार मै पारिवारिक संरचना फेरिंदैछ। पहिले पहिले हाम्रा अग्रजहरुले आशिर्वाद दिंदा “तिम्रा सन्तानले डाँडाकाँडा ढाकुन…” भनिन्थ्यो तर अबका दिनमा त्यस्ता आशिरवचनहरु ‘श्राप’ का रुपमा पनि लिन बेर लाग्दैन ।

खास किन यस्तो अवस्था आउदैछ भनेर थाहा पाउन धेरै दिमाग़ खियाउन नै पर्दैन । अहिलेको अत्यन्त महँगो जीवनयापन – कल्पना नै गर्न नसकिने जस्तै छ आफ्नै घर हुन, जन्माए पछी सकेसम्म राम्रो शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्न कसलाई मन नलाग्ला आफ्ना सन्तानलाई, अझै सबैभन्दा महत्वपुर्ण त childcare को लागी चाहिने खर्च उस्तै आकाशिंदो छ, फेरी हिजोआजका नयाँ पुस्तालाई आफ्नो करियर प्रति चिन्ता उत्तिकै छ, अनि युवापुस्ताको ध्यान पेशा र आत्मनिर्भरतामा त भन्नै परेन, आफ्नै आमाबुबासंग पनि माग्न पर्यो भने आकाश नै खसे जस्तो गर्छन । यस्तोमा भावनात्मक विकल्प भनेको कुकुर बिरालो जस्ता घरपालुवा जनावरले दिने साथ, माया र नजिकोपनले अन्य सबै कुरा भुलाउछ । हाम्रै छोरीले एउटा बिरालो पालेकी छिन उनको नाम मिस्टी हो, अहिले त मिस्टी मलाईपनि घरकै सन्तान जस्तै लाग्छ, कतिसम्म अनुभव हुन्छ भने छोराछोरीलाई पाँच पटक बोलाउदापनि आउदैनन तर कुकुर बिरालोलाई नाम लिएर बोलाउने बित्तिक्कै दौड्दै आईहाल्छन । साहेद यस्तै भएर होला बच्चाभन्दा कुकुर बिरालो पाल्न सजिलो ठानिने । हाम्रै कतिपय साथाभाईका घरमा जाँदा वहाँहरु आफ्ना कुकुर बिरालोलाई “हाम्रो बच्चा जस्तै हो” भन्ने गर्नुहुन्छ । हाम्री आमाले त १२ वर्षसम्म हाम्रो घरको रेखदेख गरेको कुकुर “पप्पी” लाई मरेपछी एकदमै सम्मानका साथ हाम्रै बारीमा गाडेर हरेक बर्ष उसको सम्झनामा खाने कुरा चढाउनु हुन्छ ।

सामाजिक हिसाबले यो ट्रेन्ड राम्रो वा नराम्रो भन्नेभन्दा पनि समाज कसरी परिवर्तन हुँदैछ भन्ने कुरा बुझ्न सकिन्छ । स्पष्ट रुपमा परम्परागत परिवार मोडल बदलिँदैछ, त्यसै गरी अब सन्तान जन्माउने निर्णय नितान्त व्यक्तिगत छनोट बन्दै गएको, फेरि हिजोआजका मानिसहरुमा बड्दै गएको एक्लोपन र मानसिक स्वास्थ्यमा आउने समस्याहरुमा बिरालो या कुकुर जस्ता घरपालुवा जनावरहरुको भूमिका महत्वपूर्ण हुने पनि जनाईएको पाईन्छ ।

LBC को यो रिपोर्ट केवल कुकुर बिरालो लगायतका घरपालुवा जनावरहरु र छोराछोरीको तुलना मात्र होइन, यो आधुनिक समाजको ऐना हो। अब यही हिसाबले परिवारको परिभाषा पनि बदलिँदैछ अनि भावनात्मक सम्बन्धको स्वरूप पनि फेरिँदैछ र यस्ता घरपालुवा जनावरहरु धेरैका लागि सन्तान सरह बन्दै गएको बुझिन्छ ।
जे होस् जीवनमा खुशी जे जे राम्रा कुराहरु सहायक बन्छन तिनीहरुलाई अंगालेमा कुनै हानी नोक्सानी हुँदैन । तपाईंलाई के कस्तो लाग्छ कुन्नी । सबैको जय होस् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!