चितवन परिवार युकेको अध्यक्षमा मित्र गुरुङ पुनः निर्वाचित

SHARE:

बेलायत – चितवन परिवार युकेको वार्षिक साधारण सभा तथा अधिवेशनबाट मित्र गुरुङ पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत शनिबार बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमिति र जिम्मेवारी

अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छ:

कार्यक्रम दुई चरणमा विभाजित थियो। पहिलो चरणमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भयो भने दोस्रो चरणमा अधिवेशन प्रक्रिया अगाडि बढाइएको थियो।

निर्वाचन सम्पन्न गर्न संस्थापक अध्यक्ष डमर गुरुङको प्रमुखतामा निर्वाचन मण्डल गठन गरिएको थियो, जसको सचिवमा धन लामा र सदस्यमा प्रेम गुरुङ रहेका थिए। निर्वाचन मण्डलले नै नयाँ कार्यसमितिको नाम सर्वसम्मत घोषणा गरेको थियो।

यसैगरी, संस्थाको सल्लाहकारहरूमा निम्न व्यक्तित्वहरू मनोनित भएका छन्:

  • धन लामा: प्रमुख सल्लाहकार

  • प्रेम गुरुङ: सल्लाहकार

  • काउन्सिलर धन सार्की: सल्लाहकार

  • बल बहादुर लामा: सल्लाहकार

अध्यक्षको प्रतिबद्धता

कार्यक्रमको समापनमा नवनिर्वाचित अध्यक्ष मित्र गुरुङले आफूलाई पुनः विश्वास गरेकोमा खुसी व्यक्त गर्दै नवनिर्वाचित सल्लाहकार, कार्यसमिति सदस्य र उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरे। उनले आगामी कार्यकालमा संस्थालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत जनाएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!