संकुचित आदिवासी पहिचान

SHARE:

सञ्जय सिञ्जाली मगर
हिमालको काखमा बसेको सानो तर मनमोहक देश हो नेपाल । यहाँ बिहान सूर्य हिमालका टाकुराबाट मुस्कुराउँदै उदाउँछ भने साँझ तराईका खेतहरूमा रातो रङ छर्दै अस्ताउँछ । यही भू-भागमा हावाको स्वभाव पनि फरकफरक छ । कहीँ चिसो र शान्त, कहीँ न्यानो र चञ्चल । यही विविध हावापानीले नेपाललाई अद्भूत बनाएको छ ।

यस देशमा एउटै भाषा बोल्ने मानिस मात्र छैनन् । हिमाल, पहाड र तराईका कुनाकाप्चामा फरकफरक भाषाभाषी समुदायहरू आफ्नै मौलिक पहिचानसहित बसोबास गर्छन् । कसैले आफ्ना पुर्खाका वीरगाथा गाउँछन्, कसैले आफ्नै भाषामा लोककथा सुनाउँदै नयाँ पुस्तालाई संस्कार सुम्पन्छन् ।

नेपालको आत्मा भनेकै यहाँका आदिवासी बासिन्दाहरू हुन् । उनीहरूको जीवनशैली, प्रकृतिप्रतिको सम्मान र पुस्तौंदेखि जोगाइराखिएको ज्ञानले यो देशलाई साँच्चै नै समृद्ध बनाएको छ। सायद यही कारणले होला, विश्वले नेपाललाई हेर्दा हिमाल मात्र होइन, यहाँका आदिवासी समुदायलाई पनि उत्तिकै महत्वका साथ हेर्ने गर्छ ।

यसरी फरकफरक भाषा, संस्कृति र समुदायहरू मिलेर बनेको नेपाल एउटा पौराणिक कथाजस्तै बनेको छ । जहाँ हरेक मानिस आफैंमा एउटा कथा हो, र ती सबै कथा मिलेर नेपाल नामको सुन्दर गाथा बनेका छन्। यो संकोथन हामीले कहिल्यै बिर्सनु हुँदैन ।

तर समय सधैं एउटै गतिमा बग्दैन। आधुनिकताको हावाले नेपालका धेरै आदिवासी समुदायका भाषा, धर्म र संस्कृतिमा संकोचित छायाँ पार्दै लगेको छ। सहरको आकर्षणले गाउँका आगो निभ्न थाले, हजुरआमाका कथाहरू मोबाइलको स्क्रिनमा हराउन थाले। कहिल्यै नथाक्ने मौलिक बाजा अब चाडपर्वमा मात्र सुनिन थाले, र कतिपय भाषाहरू त बोल्ने जिब्रोभन्दा सम्झिने मनमा मात्र बाँकी रहे ।

तर त्यो मौनताभित्र पनि आशा बाँचेको हुदोँ हो। हिमालको फेदमुनि सुन्दर गाउँ एउटा बालक, जसले विद्यालयमा विदेशी भाषा सिक्छ तर साँझ घर फर्केर हजुरबुवासँग आफ्नै मातृभाषामा कथा सुन्नेगर्दथ्यो। उसले ती कथाहरू पान्नमा टिप्ने, गीतहरू रेकर्ड गर्ने, र भोलि ती भाषा हराउन नदिनु नै आफ्नो सपना बनाउँनु । ऊँ जस्तै धेरै युवाहरूले बिस्तारै बुझ्न थाले पहिचान भनेको विगतको बोझ होइन, भविष्यको जरा हो।

यसरी हराउँदै गएका आदिवासी भाषा, धर्म र संस्कृतिहरू पूर्ण रूपमा मरेका छैनन्। ती अझै पनि नदीको प्रवाह सँगै लयबद्ध बगिरहेका छन्, सुनिँदैनन्, तर जीवन दिइरहेका छन्। जबसम्म कसैले सुन्न चाहन्छ, बोल्न चाहन्छ र जोगाउन चाहन्छ, तबसम्म नेपालका यी मौलिक कथा बाँचिरहनेछन्। किनकि नेपाल केवल भूगोल होइन, सम्झनाहरूको साझा पृथक हो, जहाँ प्रत्येक आदिवासी आवाजको एउटा अमूल्य मान्यताको छाप अविस्मरणीय छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!