गुरुङ रामप्रकाश समथिङ
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार छन्त्याल जातिको जनसंख्या महिला ६ हजार ५ सय ६५ जना र पुरुष ५ हजार २ सय ४५ जना गरी जम्मा ११ हजार ८ सय १० जना रहेका छन् । २०५८ सालको राष्ट्रिय जनगणना अनुसार जम्मा ९ हजार ८ सय १४ जना उल्लेख गरिएको थियो । यसरी हेर्दा १० वर्षमा १ हजार ९ सय ९६ जनाले बृद्धि भएको देखिन्छ । यसरी थोरै जनसंख्या भएरै होला छन्त्याल जातिलाई नेपाल सरकारले सुविधा बञ्चित समूहमा सूचीकृत गरेको पनि ।
छन्त्याल जातिको मुख्य बसोबास क्षेत्र भनेको बाग्लुङ र म्याग्दी जिल्लाको आसपास क्षेत्र हो । त्यहाँबाट बसाई सरी हाल काठमाडौ, पोखरा र भैरहवातिर पनि बसोबास गर्न थालेको देखिन्छ । सोह्र थर भएका छन्त्याल जाति परापूर्व कालमा खानीमा काम गर्थे । खानीको श्रोत सकिदै गएपछि उनीहरु खानी वरिपरि नै घर बनाउने थालेका हुन भन्ने भनाईहरु रहेका छन् । किन भने उनीहरु बसेको गाउँको नाम प्राय खानी जोडिएको देखिन्छ । जस्तैः पाखाखानी र लामीडाखानी आदि । सम्पर्क र अरुसंग बोल्नु परेको बेलामा नेपाली भाषामा बोल्ने गर्दछ । छन्त्याल जातिले बोल्ने भाषा खाम भाषा हो । उनीहरुको जातिभत्र एकआपसमा कुराकानी गर्दा खाम भाषामै बोल्ने गर्दछ । प्राय छन्त्यालहरु गुचुमुचु घर बनाएर बस्ने गर्दछ । कतै–कतै मात्र छरिएर बस्ने यिनीहरु जंगलको आसपासमा बढी बस्न मन पराउछन् ।
जंगलको आसपास बसोबास गर्दा घाँस दाउरा पशुपालनमा सहज हुन्छ भन्ने उनीहरुको भनाइ रहेको पाइन्छ । त्यसैले उनीहरु पशुपालनलाई बढी प्राथमिकता दिने गरेको देखिन्छ । जंगलको नजिक भएकै कारणले होला उनीहरु निगालाबाट मान्द्रो र डोको डालो बुन्ने बेच्ने काम गर्दछ । साथै जंगल प्रशस्त भएकाले उनीहरु भेडा र बाख्रापालन पनि त्यति कै रुपमा पाल्ने गर्ने गर्दछ ।
हिन्दु धर्म मान्ने छन्त्याल जाति दशै तिहार, तीज, कृष्णाष्टमी र माघे संक्रान्तिलाइृ चार्डका रुपमा मनाउने गर्दछ । उनीहरु यी चार्डहरुमा खुव रमाइलो गर्दछ । आफन्तहरुसंग खुशी साटासाट गर्दछ । छन्त्याल जातिको पुरुषहरु कोट, इष्टकोट, फेटा, दोचा र उनीको लापकोट लगाउछन् भने महिलाहरुले गुन्यू, चोलो, छिटको फरिया, लुंङगी र भाङग्रा आदि लाउने गरेको देखिन्छ ।
महिलाहरु गहनाको रुपमा नाकमा पूmली, मुन्द्री र कानमा मारवाडी, पोते र माला लाउने गर्दछ । छन्त्याल जाति बसोबास गरेको क्षेत्रमा अन्न त्यति राम्रो उत्पादन नहुने हुँनाले मिठो खानको लागि अभैm पनि चार्ड नै पर्खनु पर्छ भन्ने गर्दछ । उनीहरु ढिडो र सिस्नो खानाको रुपमा खाने गर्दछ ।
छन्त्याल जाति न्वारान, छेवर, छैठी विवाह र मृत्युलाई संस्कारको रुपमा मान्ने गर्दछ । उनीहरु बच्चाको छेवर जन्मेको तीनदेखि पाँच वर्ष बीचमा गरिदिन्छ । दाइजो दिने चलन कायमै रहेको छन्त्याल जातिमा मागी विवाह, प्रेम विवाह र लतार्ने विवाह गरी जम्मा तीन प्रकारले विवाह गर्ने चलन रहेको छ । तामाङ, मगर र गुरुङ जातिमा जस्तै छन्त्याल जातिमा पनि फुपु र मामाको छोराछोरी बीच विवाह गर्ने चलन देखिन्छ । विवाहपछि सासु र ससुरालाई रक्सी र
छन्त्याल जाति हिन्दु धर्म मान्ने भएकोले जन्मदेखि मृत्युसम्म हिन्दु धर्मको मूल्य मान्यता अनुसार सम्पन्न गर्ने गर्दछ । उनीहरुमा कसैको मृत्यु हुँदा लासलाई गाड्ने र जलाउने दुबै प्रक्रिया अपनाउँछन् । गाड्ने हुँदा खाडल खनेर अनि जलाउने हुँदा चिता बनाएर अन्त्येष्टि गर्ने चलन रहेको छ । तर विशेष गरी जलाउने नै गर्दछ । छन्त्याल जातिमा तेह्रौ दिनसम्म किरिया बारी शुद्ध हुने गर्दछ । किरिया बार्दा नुन खाने गर्दैनन् ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ,काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार
(हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
अर्को अंक जिरेल जातिबारे लेख प्रकाशन गरिनेछ ।






