६ जीआरको एडमिन समुहको बैठक सम्पन्न

SHARE:

अमृत गुरुङ – बेलायत।

शुक्रवार, अगस्ट १४ २०२६ का दिन बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा ६ जीआरको एडमिन समुहको बैठक सम्पन्न भएको छ।आगामी शनिवार, सेप्टेम्बर १९ २०२६ का दिन आयोजना हुने वार्षिक भेटघाटको सम्पूर्ण तयारी र व्यवस्थापनका बारेमा छलफल गरी निम्न निर्णयहरू गरिएको छ ।

उक्त वार्षिक भेटघाट Samuel Cody Specialist Sports College, Ballantyne Road, Farnborough, GU14 8SN मा आयोजना हुनेभएको छ । कार्यक्रमको प्रवेश शुल्क प्रतिव्यक्ति £१० तोकिएको छ भने कार्यक्रममा मदिराजन्य र गैर-मदिराजन्य पेय पदार्थहरू निःशुल्क उपलब्ध हुनेछन्।

कार्यक्रम स्थलमा निःशुल्क कार पार्किङको व्यवस्था गरिएको छ र सबैलाई तोकिएको पार्किङ क्षेत्रमा मात्र गाडी पार्क गर्न अनुरोध गरिएको छ। सम्भव भएसम्म टाईसहितको ६ जीआर ब्लेजर लगाउने निर्णय भएको छ।

कार्यक्रमलाई अझ रमाइलो बनाउन द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगर, गायिका ललिता पुन मगर र नृत्यंगना सरिष्मा रामजाली मगरको विशेष प्रस्तुति रहनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!