फोक्सटन नेपाली कम्युनिटीद्वारा स्वर्गीय “निम्सदाइ” को शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

SHARE:

नारायण गर्बुजा – बेलायत

फोक्सटन नेपाली कम्युनिटी (एफएनसी) ले स्वर्गीय निर्मल पुर्जा “निम्सदाइ” एमबीईको स्मृतिको सम्मानमा आज शनिवार, अगस्ट १५, २०२६ का दिन बेलायतको फकस्टोनस्थित एफएनसी सेन्टरमा शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

भूतपूर्व गोर्खा सैनिक तथा विश्वविख्यात पर्वतारोहण क्षेत्रका हस्ती निर्मल पुर्जाको यही जुलाई २५, १९८३ देखि जुलाई ३०, २०२६ सम्मको जीवनयात्रालाई स्मरण गर्दै उहाँको साहस, दृढ संकल्प र अमिट योगदानप्रति सम्मान प्रकट गर्न गोर्खा समुदाय, परिवारजन, आफन्तजन तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको निर्धारित तालिका अनुसार दिउँसो १२:३० बजे सबै सहभागीहरूको उपस्थिति भएपश्चात दिउँसो १:०० बजेबाट औपचारिक कार्यक्रम सुरु भएको थियो। कार्यक्रमको सुरुमा एफएनसीका अध्यक्ष क्याप्टेन सुमन चन्द्र राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्वर्गीय पुर्जाको आत्माको चिरशान्तिको कामना गर्दै सबै उपस्थित महानुभावहरूले एक मिनेट मौन धारण गरेका थिए। त्यसपछि एफएनसीका अध्यक्ष राई र फोकस्टोनका नगरप्रमुख काउन्सिलर ज्याकी मीडद्वारा संयुक्त रूपमा स्मृति मैनबत्ती प्रज्वलन गरिएको थियो।

कार्यक्रममा एफएनसीका उपाध्यक्ष क्याप्टेन विष्णु सिंहले स्वर्गीय पुर्जाको जीवन र योगदानको बारेमा शोक मन्तव्य व्यक्त गर्नुभएको थियो भने फोकस्टोनका नगरप्रमुख काउन्सिलर ज्याकी मीडले पनि समवेदना तथा श्रद्धासुमन अर्पण गर्नुभएको थियो।

त्यसलगत्तै अध्यक्ष र नगरप्रमुखबाट सुरु भई उपस्थित एफएनसीका सदस्यहरू, परिवारजन तथा इष्टमित्रहरूले जोडी-जोडीमा पुष्पहार तथा फूल अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरेका थिए। श्रद्धाञ्जलीपश्चात उपस्थित सबैले शोकपुस्तिकामा हस्ताक्षर गरेका थिए भने अध्यक्ष चन्द्र राईको समापन मन्तव्यसँगै औपचारिक सत्रको विसर्जन भएको थियो।

श्रद्धाञ्जली सभा पश्चात दिउँसो १:४० बजे चिया, कफी तथा हल्का खाजाको व्यवस्था गरिएको थियो भने दिउँसो २:१५ बजे सम्पूर्ण कार्यक्रम समापन भएको थियो।

यस शोकसभामा सहभागीहरूका लागि ज्याकेट र टाई वा सो सरहको औपचारिक पोसाकको ड्रेस कोड तोकिएको थियो भने भूतपूर्व गोर्खा सैनिक तथा पूर्व सुरक्षाकर्मीहरूलाई उपयुक्त स्थानमा आफ्ना पदकहरू लगाएर उपस्थित हुन अनुरोध गरिएको थियो। उहाँको अमूल्य सेवा, साहस र प्रेरणादायी विरासत सधैं स्मरणीय रहने निवर्तमान अध्यक्ष क्याप्टेन राम पुनले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!