बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा अल्डरशटमा दीप प्रज्वलन [तस्बिरहरु]

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।मंगलबार सेप्टेम्बर १, २०२६ मा प्रिन्सेस गार्डेन्स अल्डरशटमा शोकसभा आयोजना गरिएको हो । स्थानीय सय अनुसार साँझ सवा ७ बजेपछि सुरु भएको कार्यक्रममा पूर्वउपसभामुख तथा रास्वपा सांसद इन्दिरा राना मगर, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलरहरुले दीप प्रज्वलन गरेका थिए ।

प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा परेको यस प्राकृतिक विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्न यो कार्यक्रमको आयोजना गरेका हुन् ।

भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज, उद्धार र राहत वितरण कार्य चलिरहेको छ ।

तस्बिर : प्रेम गाहा मगरको फेसबुक वालबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!