लन्डन । बेलायतको अल्डरसटमा बस्दै आएका ६० वर्षीय चित्रबहादुर क्षेत्री बेपत्ता भएका छन्। गुल्मी नेपालका क्षेत्री गिल्डफोर्ड चेम्बर्समा सुरक्षा अधिकारीका रूपमा कार्यरत थिए।
उनी शनिबार, २८ नोभेम्बर २०२६ मा काम सकेर राति करिब ८ बजे गिल्डफोर्ड रेल स्टेसनबाट निस्किएपछि सम्पर्कविहीन भएको ग्रेटर रसमूर नेपाली कम्युनिटीका उपाध्यक्ष डा विशाल गुरुङले जनाएका छन् । उनका सहकर्मी, उनीसँगै यात्रा गरेका व्यक्ति वा उनलाई कतै देखेका व्यक्तिलाई जानकारी भएमा तत्काल 07512612279 वा परिवारको सम्पर्क नम्बर 07901 675333 मा खबर गर्न अपिल गरिएको छ। प्रहरीलाई पनि जानकारी दिन आग्रह गरिएको छ।
परिवारले उनको सुरक्षित घरफिर्तीका लागि सहयोग गरिदिन सबैलाई अनुरोध गरेको छ। तमु धीं यूकेका महासचिवसमेत रहेका डा गुरुङले स्थानीय प्रहरीसँग आफू सम्पर्कमै रहेको जाउँदै थप जानकारी पाउनासाथ खबर गर्ने बताएका छन् ।






